नुवाकोटबाट जन्मदिनको खर्च पूजा खत्रीलाई

एक बालिकाको जन्मदिनको खर्च कटाएर नुवाकोट जिल्लाबाट पूजा खत्री र उनको भाईबहिनीको शिक्षादिक्षामा ५ हजार सहयोग गरिएको छ । नुवाकोटको पात्लेकी अनुश्री लामाको जन्मदिनको खर्चबाट नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्री र उनका भाईबहिनीको शिक्षादिक्षामा सहयोग गरेको बालिकाका बुबा अविेशक लामाले बेनीअनलाइनलाई बताए ।

‘मैले यसपटकको जन्मदिनको केही खर्च पूजालाई सहयोग गरे, ‘उनको समस्याले दुखित छु’ लामाले भने । उनले आर्थिक अभाव भएका बालबालिकाको संख्या धेरै भएपनि विश्वभर नजरमा परेकी पुजालाई सहयोग गर्ने अवसर मिलेको बताए । उनले आफ्नो सानो सहयोगले उनको दैनिकीमा केही राहत पुग्ने अपेक्षा गरे । हाल यूएईमा रहेका लामाले छोरीको नामबाट सहयोग गरेर परिवारलाई जानकारी गराउँदा सबै खुुसी भएको बताए । आर्थिक अभावका कारण विद्यालयबाट निष्काशन गर्न भावुक पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया खत्रीको बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो । न्यूज २४ टेलिभिजन र नागरिक दैनिकबाट प्रकाशित भएको समाचारले विश्वभर चर्चा कमाएको थियो ।