अस्टेलियाबाट गिता जिसीले गरिन् पूजालाई १५ हजार सहयोग

अस्टेलियामो सिड्नीमा रहेकी पर्वत जलजला गाउँपालिका मल्लाजकी एक महिलाले गरिबीका कारण प्रधानध्यापकलाई पत्र लेखेकी पुजा खत्रीलाई १५ हजार सहयोग गरेकी छिन् । नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्री र उनका भाईबहिनीको शिक्षादिक्षामा सहयोग गरेको गिता जिसीले बताईन् । ‘उनको पत्रले मलाई स्तब्ध बनायो,‘आर्थिक अभावकै कारण शिक्षादिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ जिसीले भनिन् ।

आर्थिक अभावकै कारण घरायसी काम, भाईबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रागी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र लेखेकी खत्रीलाई सहयोग संगै भविस्यमा पनि समस्या परेमा सहयोगको प्रतिबद्धता जनाईन् । अस्टेलियाबाट पुजालाई पर्वत जिल्लाबाट सहयोग गर्ने जिसीले सहयोगलाई दुरुपयोग हुन नदिन समेत अनुरोध गरिन् ।

उनले एक रुपैयाँ पनि अनावश्यक कार्यमा खर्च हुनुहुदैन भन्दै सहयोगलाई उचित संरक्षणको आवश्यकता रहेको बताईन् । खत्रीको पत्रभित्र गरिबी भित्रको पीडा लुकेको भन्दै सहयोग गर्ने अवसर मिलेको बताईन् । आर्थिक अभावका कारण विद्यालयबाट निष्काशन गर्न भावुक पत्र लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया खत्रीको बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो । न्यूज २४ टेलिभिजन र नागरिक दैनिकबाट प्रकाशित भएको समाचारले विश्वभर चर्चा कमाएको थियो ।