मंगलाघाटको झोलंगे पुल मर्मत–सम्भार अभावमा जीर्ण

म्याग्दीको सदरमुकाम बेनी मंगलाघाटको बर्षौ पुरानो झोलंगे पुल मर्मत–सम्भार अभावमा जीर्ण बनेको छ । बेनी नगरपालिका–७ मंगलाघाटबाट बेनपा–२ ज्यामरुककोट जोड्ने जिल्लाकै पुरानो झोलंगे पुलका निकै पुराना र काठका फट्टा कुहिएर पछि वारपार गर्न कठिन भएको छ । दुई दशक अगाडीसम्म ज्यामरुककोट, भकिम्ली, बरंजा, अर्मन लगाएत पश्चिम म्याग्दीका लागी ब्यापारिक केन्द्र जस्तै मंगलाघाट सडकसंगै ग्रामिण क्षेत्रमा ब्यापारिक चहलपहल बढेपछि ओझलमा परेको छ ।

तीनदशक अगाडीसम्म झोलुङे पुलबाट विद्यार्थी, सर्वसाधारणलगायत घोडा, खच्चड तथा चौपाया वस्तुभाउ वारपार गर्न गरिएको पुलको मर्मतमा सरोकारवाला निकायले बेवास्ता गर्दा पटकपटक फट्टा कुहिएर खस्दा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको मंगलाघाटकी रेणु बज्राचार्यले बताईन् । ‘सडक सञ्जालसंगै धेरै पुल बनेपनि अझै प्रयोगमा आइरहेको छ,‘पूलको मर्मतसम्भारको आवश्यक छ’ उनले भनिन् ।

सडक सञ्जालसंगै मंगलाघाटबाट बगरफाँट जोड्ने पुल बनेपनि स्थानीयलाई आवतजावत लगाएत विहान बेलुकी यात्रा गर्ने पुललाई प्रयोगमा ल्याउनुपर्ने भन्दै मंगलाघाटबासीले पटकपटक माग गर्ने गरेका छन् । जिल्लामा सडक सञ्जालको विस्तारसंगै पुराना पुल जीण बनेपनि मर्मतमा चासो देखाउने गरिएको छ । बेनी नगरपालिका र पाँचवटै गाउँपालिकामा जीर्ण अवस्थामा रहेका पुलबाट स्थानीयले दैनिक वारपार गर्ने गरेका छन् ।