कंक्रिट वाल टिकेन, पाँच करोडको लगानी खोलाले बगायो

नदी कटानबाट म्याग्दीको सदरमुकाम बेनीबजारलाई जोगाउन लगाइएको आरसिसी पर्खाल नै भत्किएपछि बजार संरक्षणमा नयाँ बहस सुरु गरेको छ । जिल्लाको उच्च शिमाली क्षेत्रमा परेको अत्याधिक बर्षाले कालिगण्डकी र रघुगंगा नदीको बाहव बढेसंगै बजार संरक्षणका लागी लगाइएको करिव पाँच करोड बराबारको कंक्रिट बाल भत्किएपछि सरकारी प्राविधिक र ठेकेदारको गुणस्तरीयतामा प्रश्न उठेको छ ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठुला नदीको उच्च जोखिम परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजनामा अन्तरगत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङ मार्फत गत आर्थिक बर्षमा ०७४÷०७५ मा साढे ३ करोडको लागतमा बनाइएको आरसिसी रिटेनिङ (मेसिनरी) पर्खाल बगाएपछि बजार जोखिममा परेको छ ।

पुरानो तारजालीलाई भत्काएर बनाइएको संरचना एकबर्ष पनि टिक्न नसकेपछि नयाँ र पुरानो गरी करिव ५ करोड बराबरको लगानी खोलाले बगाएको बेनीबजार संरक्षण उपभोक्ता समितिका कोषाध्यक्ष टंक हमालले बताए ‘पूरानो संरचनालाई यथावत राख्न हामीले गरेको प्रस्तावलाई प्राविधिकले अस्वीकार गरे,‘तारजालीभन्दा सयगुणा बलियो हुन्छ भन्ने वाल भत्किएको छ’उनले भने।

जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालयका इन्जिनियर सहितको प्राविधिक टोलीले दैनिकजसो स्थलगत अनुगमन गरेर बनाइएको संरचना नदीले बगाएपछि प्राविधिक टोली र ठेकेदार कम्पनीको कमजोरी भएको कोषाध्यक्ष हमालको भनाई छ । गत आर्थिक बर्षमा बेनीबजार संरक्षणमा ११ करोड ३२ लाख बजेट विनियोजन गरिएको थियो ।

बेनीबजार संरक्षणका लागि बेनीबजारबाट आर्थिक सहयोग सहित सरकारी बजेटलाई समेत प्रयोग गरी बनाइएको संरचनालाई जोगाएर मेसिनरी पर्खाल र आरसिसी बनाउने प्रस्तावलाई सरकारी पक्षले दोहोर खर्च देखिने भन्दै भत्काउन लगाएका थिए ।म्याग्दी उद्योग वाणिज्य संघको भवन नजिकबाट जेसीजको भवनसम्म लगाइएको पर्खालमा क्षती पुगेपछि थप कटानको सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए।

‘तटबन्धन भत्किएसंगै जोखिम बढेको छ,‘भत्किएको क्षेत्र विगतमा पनि जोखिम भएकाले प्राविधिक टोलीलाई सचेत हुन गरिएको अनुरोध बेवास्ता गरियो’ कर्माचार्यले भने ।उनले बजार संरक्षणमा गरिएको ठुलो लगानी बालुवामा पानी हाले जस्तै भएको बताउँदै अव बन्ने संरचनालाई सरकारी प्राविधिक टोलीको इस्टिमेटलाई मात्रै आधार बनाउन नहुने बताए ।

म्याग्दी र कालिगण्डकी नदीमा लगाइएको पर्खाल ६ देखी ७.५ मिटर अग्लो भएपनि संरचना बनाउँदा जमिनमा लापरवाही भएको बताए । उनले बेनीबजार हुदै तिब्र गतिमा कालिगण्डकी र म्याग्दी नदी बग्ने भएकाले पनि सोही अनुसारको संरचना आवश्यक रहेको बताए । हालसम्म बेनीबजार जोगाउन विगतमा विभिन्न सरकारबाट बाबजेट विनियोजन गरिएको छ । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले पककी संरचना भत्किएपछि थप क्षतीलाई रोक्न ग्याविनजाली, ढुंगाको प्रयोग गरी रोकथापम गर्ने बताए ।

‘नयाँ संरचन बनाउन करोडौं लाग्छ,‘पानीको बाहव घटेपछि आवश्यक बजेटका लागी माथिल्लो सरकारसंग सहयोग माग्छौ’ मेयर श्रेष्ठले भने। उनले बजार संरक्षणका लागि उपयुक्त प्रविधिको प्रयोग गरिने बताए ।आगामी तीन बर्षभित्र बेनीबजार संरक्षणको आयोजना सम्पन्न गरी आवश्यक थप संरचना बनाएर चक्रपथको रुमिा प्रयोग गर्ने योजना बनाइएको थियो ।वि.श २०७२ जेठ १० गते १६ घण्टा कालिगण्डकी नदी थुनिएर बग्दा समेत क्षती नभएको कालिगण्डकीमा पक्की पर्खाल लगाउन समेत केहीघण्टा उर्लिएको कालिगण्डकीले क्षती पुगेपछि बेनी नगरपालिकाले तत्काल आपत्कालिन मर्मत तथा अस्थायी संरचना बनाउन जनश्रमदानको अपिल गरेको छ ।

दुईबर्ष अगाडी करिव एक महिना जनश्रमदान गरी संरचना बनाइएको थियो । देशभरका सदरमुकाम मध्ये उच्च जोखिम सदरमुकामा सरकारले म्याग्दीको बेनीलाई समेत समावेश गरी बजेट विनियोजन गरेपछि प्राविधिक पक्ष नै कमजोर हुदाँ टिकाउ हुन सकेको छैन् ।