साढे दुई लाखसहित युवती बेपत्ता, परिवारमा रुवावासी

विगत ९ दिन देखि एक युवती नगद २ लाख रुपैयाँ र पौने एक तोला सुन सहित बेपत्ता भएकी छन । युवती वेपत्ता भएसंगै परिवारमा रुवावासी चलेको छ । गुल्मी जिल्ला साविक पुर्कोट दह हाल मदाने गाउँपालिका वडा नम्बर ६ नुहारा घर भै सुपादेउराली एग्रो फरेस्टी नामक संस्था कपिलवस्तुको गोरुसिङेमा बजार प्रतिनिधीका रुपमा कार्यरत १७ वर्षिय चिना कुंवर यही भाद्र २० गते देखि हराएको परिवारका सदस्यले जनाएका छन ।

अनमी पढन पैसा चाहिएको भन्दै कतारमा रोजगारी गर्ने बुवाले १ लाख ५० हजार पठाईदिएका र मामासंगवाट थप ५० हजार गरी २ लाख रुपैया र पौने एक तोलाको सुनको सिक्री सहित कुंवर बुटवलवाट वेपत्ता भएको काका विमल कुंवरले बताउनु भयो । युवति वेपत्ता भएपछि खोजविनका लागि ईलाका प्रहरी कार्यालय गोरुसिङेमा जाहेरी दिए पनि हालसम्म कुनै जानकारी नपाउदां चिन्तीत हुनु परेको काका विमलले बताउनु भयो । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।