२ सय रुपैयाँ दिँदै बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाए : दिलीपसिंह विष्ट

म सधैँ महेन्द्रनगर बजार जान्छु । तर, प्रहरीले मलाई पक्राउ गरेको बाटोबाट होइन, अर्को बाटोबाट । मलाई सादा पोसाकमा आएका तीन प्रहरीले पक्राउ गरे । मैले निर्मलालाई चिनेको पनि छैन । अहिलेसम्म अविवाहित छु, यौन चाहना भएको भए मैले विवाह गरिसक्थेँ । मलाई जुन दिन प्रहरीले पक्राउ गर्यो, त्यसैदिन दुईवटा कुर्सीको बीचमा च्यापेर अपराध सकार्न लगाए । मैले होइन भनेँ ।

मसँग त्यसदिन ३२ रूपैयाँ थियो । सिआइबीबाट आएको भन्ने प्रहरीले फकाउन थाले । २ सय रूपैयाँ पनि दिए । गाँजा, चरेसको व्यवस्था पनि गरिदिन्छु भने । ‘पेटभर खाना पाउँछस्, कति दिन माग्दै हिँड्छस्’ भनेर फकाए । तर, गर्दै नगरेको अपराध मैले कसरी सकार्ने रु मेरोबारेमा सिंगो महेन्द्रनगर र मेरो गाउँमा गएर बुझ्दा हुन्छ । म त्यस्तो हराम गर्ने गरी बिग्रिसकेको छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।