एसपी विष्टका छोरा गएको होटलको भिडियो नै गायव

न्युज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २७५ औं एपिसोड हो । आजको यस विशेष एपिसोडमा पनि विगतका एपिसोडमा जस्तै विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५० दिन पुगिसक्दा पनि हत्यार पत्ता लागेको छैन । कञ्चनपुर प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको डिएन म्याच नखाएपछि नेपाल प्रहरीले वास्तवीक दोषीलाई उम्काउन निर्दोष व्यक्तिलाई दोषी ठहराउन लागि परेको तथ्य बाहिरी सकेको छ ।

यो सँंगै प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डिएनए परीक्षण सुरु गरेको छ ।