म्याग्दी मिडिया सोसाईटीको प्रथम बार्षिक साधारणसभा

जिल्लामा सञ्चालनमा रहेका सञ्चारमाध्यमहरुले मिडियाको साझा संस्था म्याग्दी मिडिया सोसाइटीको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले संचारमाध्यमको सहकार्यको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।जिल्लामा क्रियाशिल मिडियाको सबलीकरण गर्न तथा आवश्यक बजेट सहयोगका लागि प्रतिबद्ध रहेको बताए ।

जिससको भूमिका समन्वयकारी भएकाले स्थानीय तहसहित जिल्लाका सरकारी निकायसंग सहकार्यको वातावरण बनाउने बताए ।जिल्लमा रहेका क्रियासिल पत्रकारले स्थापना गरेको सोसाईटीले संस्थागत विकासका लागि स्थानीय तहसंग सहकार्य गर्ने बताएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला नेता एवम् पूर्व सांसद गोविन्द पौडेल,नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति माधव प्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जिल्लामा क्रियाशिल पत्रकारको रचनात्मक भूमिका रहेको बताए ।

सत्यतथ्य सुचना बाहिर ल्याउदाँ कसैबाट त्रसित हुनुपदैन्,‘समाज रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’ प्रजिअ अधिकारीले भने । विपद् ब्यवस्थापन र शान्ति सुरक्षामा सहकार्यको अपेक्षा गरेको प्रजिअ अधिकारीको भनाई थियो ।सोही अवसरमा पत्रकार महासंघ म्याग्दीका सभापति तारानाथ शर्माले क्रियाशिल पत्रकारले स्थापना गरेका सञ्चारगृहको संलग्नतामा सोसाईटी गठन भएको बताउँदै महासंघले सहयोग गर्ने बताए ।उनले जिल्लामा पत्रकारितामा नयाँ पुस्तालाई आर्कषित गर्न सहकार्य गरेर अगाडी बढ्ने बताए ।

साधारण सभामा म्याग्दीकाली सञ्चार सहकारीका अध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्य, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । स्थापनाकालको छोटो समयमा जिल्लामा रहेका स्थानीय तहसंग सहकार्य गरी सार्वजनिक सुुनुवाई, बृत्तचित्र निर्माणमा कुल १८ लाख ७३ हजारको आर्थिक तथा संस्थागत गतिविधि सहित कार्यवाहक अध्यक्ष कमल खत्रीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष एवम् प्रबक्ता झकप्रसाद छन्त्यालले मिडियाकर्मी हितकोषमा ५ हजार सहयोग गरेका थिए ।साधारणसभाले नगद ५ हजार सहित मिडिया अवार्डबाट सञ्चारकर्मी अमृत विश्वकर्मालाई पुरस्कृत गरेको थियो । साधारणभाको अध्यक्षता कमल खत्री, स्वागत ठाकुरप्रसाद आचार्य र सञ्चालन अमृत विश्वकर्माले गरेका थिए ।

यसैबीच साधारणसभाले संस्थाका अध्यक्ष गोपाल छन्त्याल बैदेशिक रोजागारीको सिलसिलामा अस्टेलिया गएपछि रिक्त रहेको अध्यक्ष पदमा कमल खत्री र उपाध्यक्षमा हरिकृष्ण गौतमलाई सर्वसम्मतिले निर्णय गरेको छ । नवनिर्वाचित अध्यक्ष खत्रीले दुर्घटना र विरामी परेका मिडियाकर्मीहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापित १ लाखको कोषलाई ५ लाख पु¥याउने प्रतिबद्धता जनाए । गत आवमा मंगला, मालिका, धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिकाको डकुमेन्ट्री र सार्वजनिक सुुनुवाई, मालिका दर्पण प्रकाशित गर्दा साम्रागी तथा दृष्य संकलनमा खटिएका पत्रकारले प्राप्त गर्ने पारिश्रमिकबाट कोष स्थापना गरिएको थियो ।