कंक्रिट वाल भत्किएपछि जनश्रमदानमा जुटे बेनीबजारबासी

0
397

कालिगण्डकी नदीले म्याग्दीको सदरमुकाम बेनीबजारलाई जोगाउन लगाइएको आरसिसी पर्खाल भत्काएपछि स्थानीयले थप जोखिम रोक्न गरी सुरु गरिएको अस्थायी संरचना बनाउने अभियानमा जनश्रमदान गरेका छन् । जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको अत्याधिक बर्षासंगै कालिगण्डकी र रघुगंगा नदीको बाहव बजार संरक्षणका लागी लगाइएको कंक्रिट पर्खाल भत्काएपछि थप जोखिम रोक्न बेनी नगरपालिकाको आह्वानमा बिहिबार र शुक्रबार जनश्रमदान मार्फत ग्याविन र ढुंगा लगाएर रोकथामको प्रयास गरिएको बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा नं ८ का अध्यक्ष रामकृष्ण बराइलीले बताए ।

‘थप क्षती रोक्न जनश्रमदानको अपिल गरेका थियौं,‘शनिबार पनि बजारबासीलाई केही समय मागेका छौ’ बराईलीले भने । उनले पानीको बाहब घटेपछि पक्की संरचनाका लागि नगरपालिकाले पहल गर्ने बताए । जनश्रमदानमा म्याग्दी उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाका प्रतिनिधि, कटानको जोखिममा रहेको गणेशटोल, संगमचोकका बासिन्दाको उपस्थिीति रहेको थियो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठुला नदीको उच्च जोखिम परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजनामा अन्तरगत जलउत्पन्न प्रकोप नियन्त्रण सब डिभिजन कार्यालय बागलुङ मार्फत गत आर्थिक बर्षमा ०७४÷०७५ मा साढे ३ करोडको लागतमा बनाइएको आरसिसी रिटेनिङ (मेसिनरी) पर्खाल बगाएपछि बजार जोखिममा परेको छ । कालिगण्डकीले उद्योग वाणिज्य संघको भवन नजिकबाट जेसीजको भवनसम्म लगाइएको पर्खालमा क्षती पुगेपछि थप कटानको सम्भावना रहेको छ । बेनीबजारको जोखिम क्षेत्र भएकाले पनि विगतमा त्यस आसपासमा जनश्रमदान गरी अस्थायी संरचना बनाइएको थियो ।

भत्किएको संरचना बनाउन करिव ५ करोडभन्दा धेरै लाग्ने अनुमान गरिएको छ । म्याग्दी र कालिगण्डकी नदीमा लगाइएको पर्खाल ६ देखी ७.५ मिटर अग्लो पर्खाल भत्किएपछि बजार संरक्षणका लागि बनाइएको संरचना परिवर्तनको बहस सुरु भएको छ । पक्की संरचना भत्किएपछि थप क्षतीलाई रोक्न ग्याविनजाली, ढुंगाको प्रयोग गरी रोकथाम गर्नुपर्ने बताए ।

वि.श २०७२ जेठ १० गते १६ घण्टा कालिगण्डकी नदी थुनिएर बग्दा समेत क्षती नभएको कालिगण्डकीमा पक्की पर्खाल लगाउन समेत केहीघण्टा उर्लिएको कालिगण्डकीले क्षती पुगेपछि बेनी नगरपालिकाले तत्काल आपत्कालिन मर्मत तथा अस्थायी संरचना बनाउन जनश्रमदानको अपिल गरिएको थियो । असोजको दोस्रो सातासम्म बर्षा र खोलाको बाहव बढ्ने सम्भावना रहेकाले पनि अस्थायी संरचनाको आवश्यकता रहेको म्याग्दी जेसीज म्याग्दीका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । तीनबर्ष अगाडी समेत कालिगण्डकीले भत्काएपछि स्थानीयले करिव १ महिना जनश्रमदान गरेका थिए ।