निर्मलाको पक्षमा न्याय माग्दै बेनीमा बृहत् प्रदर्शन (फोटोफिचर)

0

बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई पहिचान गरी कारवाहीको माग गर्दै म्याग्दीमा विरोध प्रदर्शन भएको छ । पन्तको न्यायको माग राख्दै सरकारलाई बेलैमा महिला तथा बालबालिकामाथि भैरहेको हिंसा, बलात्कार र हत्यामा संलग्नलाई उन्मु्क्ती दिने प्रयास बन्द गर्न म्याग्दीका महिलाहरुले सदरमुकाम बेनीमा विरोध ¥याली आयोजना गरेका हुन् ।

बलात्कारपछि हत्या भएको लामो समय वितिसक्दा समेत हत्यारालाई संरक्षण गदैं अनावश्यक रुपमा नागरिकलाई यातना दिने गरेको विरोधमा बलात्कार र हत्याको विरुद्धमा चर्को रुपमा आवाज उठाएक थिए । निर्मलालाई बलात्कार गरी हत्या गरेको २ महिना बितिसक्दा पनि अझैसम्म दोषी पत्ता लगाएर कार्वाही गर्न नसकेकोमा महिलाहरुले सरकारप्रति आक्रोश पोखेका छन् ।बेनीको शहिदस्तम्भ चोकबाट सुरु भएको ¥यालीले सदरमुकाम बेनीबजारको परिक्रमा गरी आवारोडमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सामाजिक बहिष्कार गरौं, महिलालाई रेप होइन सेभ गरौं, दोषीलाई कडा कार्वाही गर, शान्तिसुरक्षा कायम गर, महिलामैत्री कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने र कानुनी राज्यको स्थापना हुनुपर्ने जस्ता नाराहरु लगाएका थिए। महिलाहरुले टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए । प्रर्दशनकारीहरुले निर्मलालाई न्याय नदिएसम्म सरकार विरुद्धको प्रर्दशन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

कोणसभामा बोल्ने महिला अधिकारकर्मीहरुले समाज असुरक्षित बन्दै गैरहेको हुँदा सुरक्षाको प्रत्याभूति दिलाउनका लागि राज्यको ध्यानाकषर्ण पनि गराएका थिए । ‘नक्कली बलात्कारीलाई देखाएर सरकारले अपराध गदैछ,‘अनुसन्धानमा संलग्न प्रहरीलाई पनि कडा कारवाही हुनुपर्छ’ महिला अधिकारकर्मी ज्योती लामिछानेले भनिन् ।

कोणसभालाई सम्बोधन गर्दै म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले देशभर महिला हिंसा बढ्नु चिन्ताको विषय भएको बताईन् । महिला अधिकार मञ्च म्याग्दीका अध्यक्ष दिवाकुमारी पुनको अध्यक्षता र महिला अधिकारकर्मी जमुना आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।