चरम गरिबीका कारण परिवारलाई लालनपालनमा मुस्किल भएपछि श्रीमानले घरभित्रै आत्महत्या गरेपछि विचल्लीमा परेकी बेनी नगरपालिका–६ भरालेकी सिता बानियाँलाई एक यूवाले ३० हजार आर्थिक सहयोग गरेका छन् ।

शनिबार आयोजित रकम हस्तान्तरण कार्यक्रममा स्थानीय अर्जुन शर्माले सहयोग संकलन समितिका पदाधिकारीको उपस्थितीमा रकम हस्तान्तरण गरेका हु्न् । तीनबर्ष अगाडी श्रीमानले आत्महत्या गरेपछि दैनिक गाउँघरमा सहयोग माग्दै दैनिकी चलाउने गरेकी सितालाई मेघावन कन्ट्रक्सनका सञ्चालक समेत रहेका शर्माले अभियानका सहयोग समितिका तेजेन्द्र बानियाँलाई सहयोग हस्तान्तरण गदैं भविस्यमा पनि सहकार्यको प्रतिबद्धता जनाएका थिए ।

बेनीअनलाइन लगाएतका संचारमाध्यममा समाचार प्रकाशित भएपछि सुरु भएको अभियनमा हालसम्म १ लाख ७५ हजार रुपैयाँ जुटेको अगुवा बानियाँले बताए । पीडित बानियाँका तीनछोराछोरीलाई बहुराष्ट्रिय शिखर अर्गनाइजेशनले जिम्मा लिएको छ ।

८ बर्षिया इश्वरी,६ बर्षिया सरस्वती र ४ बर्षका गणेश बानियाँलाई ‘गरिब, निमुखा बालबालिका छात्राबृत्ति अभियान’ अन्तरगत पूर्ण छात्राबृद्धि उपलब्ध गराएको घोषणा गदैं बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा आवासीय सुविधा सहित अभिभावकत्व लिएको हो । स्थानीयले उपलब्ध गराएको सार्वजनिक जग्गामा टहरा बस्दै आएकी छन् । बानियाँलाई आर्थिक सहयोग संकलन सहित घर बनाउने अभियानमा स्थानीय यूवाहरु जुटेका छन् ।