सुरेशलाई कुवेतमा जुट्यो पाँच लाख भन्दा बढी सहयोग (विवरण सहित)

0

दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभावमा उपचारमा समस्या भइरहेका एक यूवालाई कुवेतबाट ५ लाख भन्दा बढी सहयोग सङ्कलन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले सञ्चालन गरेको सुरेश बचाउ अभियानमा ५ लाख ५ हजार २१० रुपैयाँ सङ्कलन भएको मोना कुवेतले जनाएको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई आर्थिक सहयोग जुटाउन दिपक छन्त्यालको संयोजकत्वमा आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो ।

आर्थिक अभावले उपचारबाट बन्चित हुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै म्याग्देलीबाट सुरू भएको अभियानमा सङ्कलन गरिएको सहयोग विवरण सार्वजनिक कार्यक्रममा संयोजक छन्त्यालले संस्थाका अध्यक्ष प्रेम बहादुर विश्वकर्मा, महासचिव चन्द्र विश्वकर्मा कोषाध्यक्ष कृष्ण खड्का लाई हस्तान्तरण गरेका थिए ।

सुरेश बचाउन अभियान सञ्चालन गरिरहेको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई घर विदामा जाने तयारीमा रहेका अध्यक्ष बिश्वकर्मा र कोषाध्यक्ष खड्काले हस्तान्तरण गर्ने कार्यक्रम रहेका जनाइएको छ । सुरेशको उपचारमा हालसम्म प्रवाशमा संकलन भएको यो सबैभन्दा ठुलो आर्थिक सहयोग हो ।घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचार गरेपनि थप आर्थिक अभाव भएपछि अभियान सुरु गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताए छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ । हालसम्म १३ लाखको हाराहारीमा सहयोग सङ्कलन भएको छ ।