भीरबाट खसेको ढुंगाले लागेर घाईते

0
498

पश्चिम म्याग्दीको ताकममा भीरबाट खसेको ढुंगाले लागेर एक ब्यक्ति घाईते भएका छन् । धवलागिरी गाउँपालिका ४ मुदीबाट दरवाङ तर्फ आउँदै गरेका मुदीका चार्के घर्तीको ताकम र धारापानीको बीचमा रहेको डाचौर भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर घाईते अवस्थामा ताकम स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी रिफर गरिएको छ ।

अन्दाजी ३५ बर्षिय घर्तीको टाउकोमा चोट लागेपछि थप उपचारका लागि बेनी पठाउने तयारी भइरहेको लान्यन्स क्लव अफ म्याग्दी दरवाङका अध्यक्ष सन्तनाथ जैशीले बताए । उनका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालयका प्रहरीको टोली समेत पुगिसकेका छन् । घर्तीको टाउकोमा गहिरो चोट लागेको छ । बर्षातसैगै अवरुद्ध भएका ग्रामिण सडकमा पैदल आवतजावतमा समेत निकै सास्ती हुने गरेको छ । पहिरो आसपासका क्षेत्रमा यात्रा गर्ने क्रममा माथीबाट ढुंगा खस्ने भएकाले पनि स्थानीयले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।