फेसबुकमा ‘सुसाइड नोट’ लेखेर आत्महत्या

0
4408

सामाजिक सञ्जाल फेसबुकमा सुसाईट नोट लेखी कालिगण्डकी नदीमा हाम फालेर एक यूवती बेपत्ता भएकी छन् । बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटी घर भएकी सुनियाँ क्षत्रीले विद्युत कार्यालयको नजिकबाट कालिगण्डकी नदीमा हाम फालेको प्रहरीले जनाएको छ ।

दुईजना साथीहरू संगै नदी कटानले क्षती पुगेको ठाउँमा जाने क्रममा साथीहरुकै अगाडी हाम फालेर बेपत्ता भएको प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बेनीअनलाइनलाई बताए । ‘तत्कालै साथमा रहेका साथीहरूले खवर गरेपछि खोजीकार्य सुरू गरिएको छ,‘घटनाको अनुसन्धान भइरहेको छ’ प्रनाउ बुढाले भने । सदरमुकाम बेनीस्थित न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा कक्षा ११ मा अध्ययरत क्षत्री पर्वत जलजला गाउँपालिका २ बैरमा बस्दै आएकी थिईन् ।

आत्महत्या गर्नु अगाडी उनले सामाजिक सञ्जालमा ‘म मरेको हेर्न तिमीहरुलाई धेरै आतुर भएको होला, आज म तिमीहरु सबैको सपना पुरा गरिदिदै छु, बधाई छ, जो म खुसी भएको हेर्न नचाहनेहरुले तिमीहरुले जित्यो मैले हारे’ भन्दै पोष्ट गरेकी थिईन् । आफन्त वा साथीहरुसंग झगडा गरे जस्तै गरी सामाजिक सञ्जालमा लेखेकी क्षत्रीले आत्महत्या गर्नुको कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान गर्न घटना अगाडी सोनियासंगै रहेका दुईजनालाई प्रहरीले सोझपुछ गरेको छ ।