गण्डकी प्रदेशको आईतबार बसेको संसद बैठकमा बेनीबजार संरक्षणका लागिनिर्माणाधिन कंक्रिट पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने आवाज उठेको छ । म्याग्दीप्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित सांसद बिनोद केसीले शून्य समयमाबोल्दै निर्माणाधिन पर्खाल भत्कीएको विषयमा छानविन गर्नुपर्ने माग गर्नुभएको हो ।

“नदी कटान नियन्त्रणका लागिनिर्माणाधिन पर्खाल भत्कीनुमा कालीगण्डकीमा आएको बाढी मात्रनभएर प्राबिधकको डिजाईन र निर्माण ब्यवसायीको लापरबाहीपनी देखिन्छ” सांसद केसीले भन्नुभयो “संसद मार्फत छानवीनका लागि सरकारको ध्यानाकर्षण गराउदछु ।”

गतबुधबार रघुगंगा नदीमाआएको बाढी कालीगण्डकीमा मिसीएर आउँदा एक सय मिटर भन्दा बढी पक्कि कंक्रिट पर्खाल पल्टीएको थियो । पर्खाल भत्टीदा करोडौ लगानी बाढीको भेलसंगै बगेको छ भने सदरमुकाम बेनीबजार जोखिममा परेको छ । पर्खाल छेउमा राखिएकाएक्साभेटरमा केहीदिनभएको आगोलागी समेत शंकास्पदभएको सांसद केसीको भनाई थियो ।

जिल्लाविपद् ब्यवस्थापन सतिमिको बिहीबारको बैठकले निर्माणाधिन पर्खाल भत्कीनुको कारण पहिचान गरेर प्रतिवेदन पेश गर्न सिचाई विकास तथाजलाधार संरक्षण डिभिजन कार्यालयलाई निर्देशनदिएको थियो । बजारबासीहरुले पनी कंक्रिट पर्खाल भत्कीनुमा सम्बन्धितकार्यालय र ठेकेदारको लापरबाहीतथा ढिलासुस्तीजिम्मेवार भएको बताएका छन् ।

पर्खाल निर्माणको ठेक्कालिएको खड्का कृष्ण जेभीका सञ्चालक रविन्द्र कार्कीले भने बजारको ढल पर्खाल पछाडी फालीएको र बाढीका कारण पर्खाल भत्कीएको दावीगर्नुभएको छ । सांसद केसीले बाढी पहिरोबाट प्रभावीत रघुगंगा गाउँपालिकाको कुईनेमंगलेका बासिन्दालाई राहत, बाढीले बगाएको विद्यालयभवनपुननिर्माण र जोखिममा परेका बस्तीको संरक्षणमा प्राथमिकतादिनध्यानाकर्षण गराउनुभयो । अवरुद्ध बेनी–जोमसोम सडक तत्कालखुलाउनउच्चप्राथमिकताका साथपहलगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।