म्याग्दीकी एक किशोरी सामुहिक बलात्कृत भएकी छन् । बेनी नगरपालिका–८ नयाँगाउँ घर भई अन्नपूर्ण गाउँपालिका–६ धारास्थित दिदीको घरमा जाँदै गरेकी १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कारमा परेकी हुन् । दिदीको घरमा भेट्न जाने क्रममा दुई यूवाले जवरजस्ती करणी गरेको पीडित किशोरीको बयानको आधारमा प्रहरीले दुई जनालार्इँ पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ धारा बस्ने १८ वर्षीय अर्जुन रात्ना र नवीन परियार छन् ।

घार प्रहरी चौकीले दिएको जानकारी अनुसार दुवै जनालाई बलात्कार गदैगर्दै किशोरीका आफन्तले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाका अनुसारमा आइतबार राती नियन्त्रणमा लिएका यूवालाई प्रहरी कार्यालयमा ल्याइएको छ । ‘पीडित किशोरीको स्वास्थ्य परिक्षण भइरहेको छ,‘घटनाको अनुसन्धान भइरहेको छ’ प्रनाउ बुढाले भने । आरोपीलाई जवरजस्ती करणीको अभियोगमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको छ ।