बागलुङ – नेपाली लोक संगीतमा निकै चर्चा कमाएकाे लाेकदाेहाेरी गित डाँडै फुर्के सल्लो, मायाको गाउँ त चिने घर चिन्न गाह्रो भो वल्लो हो की पल्लो । यो गितका सर्जक हुन् नवराज पन्त । आजको दिनमा पनि एउटा गीत जसको जिवन्त स्मरण र चर्चा हुने गर्छ, लोक दोहोरी प्रतियोगितामा सर्वाधिक रोजाइको भाका बन्छ, जति पटक सुने पनि झट्ट धित नमर्ने गीतहाे  जसलाई मौलिक लय भरेर प्रिय गायक, संगीतकार तथा सर्जक बसन्त थापाले प्राण भरे । जसमा आफ्ना सर्वाधिक रुचाइएको आवाज दिएर गायक कुलेन्द्र बिकले गितलाई जिवन्त बनाए ।

यिनै तिनवटा प्रतिभाको संयोगबाट फेरी नेपाली लोक संगीतमा अर्को मौलिक गीत सोमवार सार्वजनिक भएको छ । थापा, पन्त र बिश्वकर्माको ‘सालको पात’ बोलको गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो । गितको शव्द, संगीत र आवाजको उत्कृष्ट संयोजनमा गीत र म्युजिक भिडियोमा पाइएको छ ।

सालको पातको टपरी हुनी, हे बरै नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै नलाउ पछि हल्लैको

माया पिरतिमा देखिने घात प्रतिघात र अबिश्वासलाई हटाएर आपसी बिश्वासमा अघि बढ्नुपर्ने मुख्य सन्देश गीतमा समावेश गरिएको सर्जक नवराज पन्तले बताए । नयाँ गीत र म्युजिक भिडियोले श्रोता दर्शकको अपार माया र सद्भाव प्राप्त हुने गीतका संगीतकार चर्चित गायक बसन्त थापाले बताए । ‘यो गीत र म्युजिक भिडियो धेरै ठुलो मेहनत र परिश्रमका बिच तयार गरेका हौ,’ थापाले भने, ‘बिगतका हाम्रा सिर्जनाहरुलाई जस्तै यसबाट अझ बढी अपेक्षा गरेका छौ, शुरुवाति प्रतिक्रियाले पनि हामी उत्साहित भएका छौ ।’

गीतमा सर्जक नवराज पन्तको शव्द, मौलिक लोक संगीत र सिर्जनाका सशक्त हस्ती बसन्त थापाको शव्द र चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझिको आवाज रहेको छ । सफल र निकै अनुभवी एरेण्जर आशिष अविरलले संगीत संयोजना गरेको गितको म्यजिक भिडियोमा मोडेल मरिस्का पोखरेल सहित गायक कुलेन्द्र बिश्वकर्मा र बसन्त थापाले अभिनय र नाँच प्रस्तुत गरेका छन् । शिव बिकको निर्देशन भएको उक्त गितको भिडियो छांयाकन ज्ञानेन्द्र शर्मा र सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियाे