स्काभेटरसंगै खोलामा खसेका चालक मृत भेटिए

उत्तरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ धमिलामालरानी स्थित निर्माणधिन अवस्थामा रहेको निलगिरि खोला हाइड्रो पावरको पहुँचमार्गमा काम गरिरहेको स्काभेटरसंगै खोलामा खसेका चालक मृत अवस्थामा फेला परेका छन् ।जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणमा काम गरिरहेको स्काभेटर निलगिरी खोलामा खसेर बेपत्ता भएका तनुहँ जिल्ला घिरिङ गाउँपालिका ३ बस्ने २३ बर्षिय कमल थापामगर स्काभेटर सहित खेलामा खसेपछि खोजीकार्य प्रभावित भएको थियो ।

प्रहरीले दुर्घटनास्थलमा खोजीकार्य गर्ने क्रममा स्काभेटरभित्रै शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बताए । उनका अनुसार सहचालक नारच्याङका सागर पाईजा घाईते भएका थिए । सहचालक पाईजा खोलाबाटै बाहिर निस्किएका थिए । मृतकका बुबा सुजन थापाले सनाखत गरेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । निलगिरि खोलाबाट पहाडको भित्र ड्याम राख्ने निलगिरि खोला हाइड्रो पावरले ६२ र ३८ मेगावाटको आयोजनाले सडक, मजदुरलाई आवासगृह लगाएतका संरचना सुरू गरेको थियो ।कडा चट्टानमा काम गर्नुपर्दा माथीबाट ढुंगा खसेर समेत मजदुर घाईते हुने गरेका थिए ।

अन्नपुर्ण बेसक्याम्पको फेदमा ड्याम राख्ने तयारी गरिएको आयोजनाले हुवाखोला देखी छोटेपासम्म ३८ र म्रिस्ती खोला र निलगिरि खोलाको दोभिल्लाबाट ६२ मेगाावाट उत्पादनको लक्ष्य राखिएको आयोजनाको काम धमाधम भइरहेको छ । नारच्याङमा मात्रै करिव १ सय ५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । यसअगाडी म्रिस्त्रीखोला, घलेम्दीमा समेत मजदुर दुर्घटनामा परेर ज्यान गुमाएका थिए । प्रहरीको टोली घटनास्थल तर्फ गइरहेको छ ।