पूरानो संस्कृति जोगाउन माउण्टको सक्रियता

0
197

म्याग्दीको सदरमुकाम बेनीमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माविले लोपउन्मुख कला र संस्कृतिको जर्गेना गर्ने अभियानको शुभारम्भ गरेको छ । स्कुले बालबालिका पश्चिमा संस्कृतिको प्रभावमा पर्ने थालेपछि आफ्नो जातीय तथा मौलिक कलाको सम्मानको सन्देश प्रवाह गर्न ‘म मेरो संस्कृतिको सम्मान गर्छु’ भन्ने कार्यक्रमको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

कार्यक्रममा साहित्यकार तथा हाम्रो स्वाभिमान संस्था भारतको असम राज्य उपाध्यक्ष देवकुमार उपाध्याले उद्घाटन गदैं नेपाल र भारतका पुराना कला र संस्कृति लोप हुने अवस्थामा पुगेको बताए ।

उनले आफ्नो पुर्खाले सुम्पिएको कला, संस्कृतिलाई नयाँ पुस्ताले जगेर्ना गर्नुपर्ने बताए । कार्यक्रममा विद्यार्थी आफ्नो जातिय पोशाकमा सजिएर विद्यालयको अभियानलाई सफल बनाउने तथा भविस्यमा पनि आफ्नो सक्रियता कायम रहने प्रतिबद्धता जनाएका थिए । अभियानमा विद्यालयका सञ्चालक सुरत केसी, लिला बहादुर बानियाँ, सुविन श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

विद्यालयका सञ्चालक समिति सदस्य रमेश गिरीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको सञ्चालन धमेन्द्र सुबेदीले गरेका थिए । सोही अवसरमा विद्यालयका प्रधानध्यापक डा. त्रिदिव उपाध्यायले असोज महिनाभर विद्यार्थीलाई आफ्नो संस्कृतिको सम्मान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए । उनले पुरानो पुस्ताले नयाँ पुस्तालाई सीप हस्तान्तरणको आवश्यकता रहेको बताए । विद्यालयले हरेक महिना रचनात्मक कार्यक्रम गर्ने गरेको छ ।