छमछमी

म्याग्दी भ्रमण वर्ष–२०७५ को सुभारम्भको अवसरमा थाली नाच प्रस्तुत गदैं कलाकार । जिल्लाको रघुगंगा गाउँपालिका  चिमखोलामा २०२४–०२५ सालबाट सुरू नाच जिल्लाको पहिचानको रुपमा चिनिन्छ । हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्यलाई चासोपूर्वक हेरिन्छ ।

२०२८ सालमा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेका थाली नाच २०४४ सालमा काठमाडोमा भएको सार्क सम्मेलनमा पनि प्रस्तुत गरेपछि नाचले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा समेत चर्चा कमाएको थियो ।

नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाहे हुन्छ ।हातखुट्टा र शरिरको चाल मिल्नुपर्छ ।थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ । म्याग्देली महिलाको पहिचान तथा नयाँ पुस्ताले समेत सिक्ने गरेको नाँचका रुपमा समेत लिने गरिएको थाली नाचको प्रशिक्षण समेत दिने गरिन्छ । जिल्लामा मेला महोत्सव देखी जिल्लास्तरका ठुला कार्यक्रममा यो नाच अनिवार्य जस्तै छ । भ्रमण बर्षमा यसलाई प्राथमिकताका साथ प्रचारप्रसार गर्ने आयोजकले जनाएको छ ।

Facebook Comments