माछा मार्न गएका म्याग्दीका एक यूवा भरतपुरमा पोखरीमा डुबेर मृत्यु भएको छ ।मंगलबार साथीहरुसंगै माछा मार्न गएका २६ बर्षिय गोविन्द दर्जीको भरतपुर महानगरपालिका ११ टाइगर तालमा डुबेर मृत्यु भएको प्रहरीलाई उद्धित गदैं मृतकका आफन्त राजकुमार परियारले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार सातजना साथीहरुसंगै माछा मार्न गएका दर्जीका शव बुधबार विहान ११ बजे प्रहरील फेला पारेको थियो । मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ । मृतकका एक श्रीमति र छोरी छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ । पारिवारिक आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले म्याग्दीसम्म शव ल्याउन नसक्ने भन्दै मृतकको अन्त्येष्टी समेत भरतपुरमै गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।