मृगौला पीडित सुरेशलाई टर्कीबाट सहयोग

दुवै मृगौला खरावी भएपछि उपचार गराइरहेका मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई टर्कीबाट आर्थिक सहयोग प्राप्त भएको छ। टर्कीमा रहेका अर्मन सिरकुमका कमल बुढाथोकीको पहलमा सङ्कलन भएको ३९ हजारलाई बिहिबार एक कार्यक्रमका बीच बुढाथोकीका बुबा रुद्ध बहादुरले ओमकुमारी शान्ति कोाषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरेका छन् ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि कोषले सुरु गरिएको थियो । जिल्लाका ग्रामिण क्षेत्रका साथै विदेशमा समेत शुरेस बचाउ अभियान सञ्चालन भइरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारमा सहयोग गरेका थिए । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान चिकित्सकले गरेको कोषका अध्यक्ष शाक्यले बताए । उनले हालसम्म प्राप्त सहयोग अपुग भएको बताउँदै थप सहयोगको आवश्यकता रहेकाले अभियानमा सहभागि हुन समेत अपिल गरेका छन् ।