धौलागिरी बेसक्याममा हिमपहिरो, एक नेपाली सहयोगी सम्पर्कविहिन

0
282

धौलागिरी हिमाल आरोहणमा पर्यटकलाई लिएर गएक एक नेपाली सहयोगी हिमपहिरोमा परेका छन् । धवलागिरी गाउँपालिका ४ मुदीको बगर हुदै आधारशिविरमा पुगेका विदेशी आरोही सहित पुगेका नेपाली टोली हिमपहिरोमा परेका थिए ।हिमपहिरोबाट ६ जनाको उद्धार गरिएको टोलीलाई उद्धित गदैं पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।उनका अनुसार हिमपहिरोमा परेका शेर्पा नाम गरेका पदप्रर्दशकको नाम खुलेको र्छन् सेभेन समिट टेकिङ एजेन्सीमार्फत धौलागिरी आरोहणका लागि हिंडेका थिए ।

हिमपहिरोका बारेमा जानकारी नभएका म्याग्दीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बताए । उनका अनुसार पैदलमार्ग हुदै गएको टोलीको तथ्याङ्क राखिने गरिएपनि हेलिकप्टर मार्फत आधार क्षेत्रमा पुग्ने आरोही सहितको टोलीका बारेमा जानकारी प्राप्त गर्न समस्या हुने गरेको बताए । धौलागिरी वेश क्याम्पको माथिल्लो भागमा बेला बेलामा हिमपहिरोमा जाने गरेको छ । आधार क्षेत्रमा कति नेपाली सहित विदेशी पर्यटक छन भन्ने तथ्याङ्क सरकारी निकायसंग समेत छैन् । हवाई, म्याग्दी र मुस्ताङ क्षेत्रको रुटबाट हिमालमा पुग्ने पर्यटकको तथ्याङ्क नहुदाँ प्रतिकुल मौसममा समेत उद्धारमा कठिनाइ हुने गरेको छ ।