आर्थिक अभावका कारण उपचार गर्न समस्या भएपछि म्याग्दीकी एक बालिकाको उपचारमा सहयोगको अपिल गरिएको छ। बेनी नगरपालिका–९ कोशेपानीकी १६ बर्षिय सपना मिजारको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिकको अभावमा समस्या भएको छ ।

बुबा सुविन्द्रको मृत्यु भएपछि अर्की आमासंगै बस्दै आएकी मिजारको मुटुको भल्भमा समस्या देखिएपछि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको राष्ट्रिय जनजागृति मावि घतानका ब्यवस्थापन समितिका अध्यक्ष कमल चोखालले बताए ।‘गाउँकै विपन्न हुन,‘एक छाक हातमुख जोड्न पनि मुस्किल छ’चोखालले भने । उनले बेसाहारा मिजारको जीवन बचाउने अभियानमा आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई अपिल गरेका छन् ।

विद्यालयमा कक्षा ६ मा अध्ययरत परियार पटकपटक विरामी हुने गरेकाले पनि नियमित विद्यालयमा जान नसक्ने अवस्था रहेको प्रधानध्यापक तारा चोखालले बताईन् । ‘गम्भीर समस्या भएपछि समान्य आर्थिक जुटाएर पठाएका छौ,‘मनकारीले सहयोग गरेमा उनको जीवन रक्षा गर्न सकिन्छ’चोखालले भनिन् । उनका मिजारको आमाको मृत्यु भएपछि बुबाले अर्को विवाह गरेका थिए । एक बर्ष अगाडी बुबाको समेत मृत्यु भएपछि निकै कष्टकर जीवन विताइरहेकी थिइन् ।

सानैमा निमोनियाग्रस्त मिजारको मुटुमा प्वाल परेको छ । उपचारका लागि करिव ३ लाख खर्च र नियमित औषधी र चेकजाँच गर्नका लागि थप आर्थिक लाग्ने भएपनि उपचार गराउन एक पैसा नभएको पीडित मिजारका आफन्तको भनाई छ । यसैबीच मिजारको उपचारका लागि विद्यालयले आह्वान गरेको छ । नेपाल सरकारले १० बर्ष मुनिका बालबाकिालको मुटुको उपचारमा निशुल्क गरेको छ ।