आगलागी हुदाँ साढे दुई लाख बराबरको क्षती, पशुचौपाया गोठमा जले

बेनी नगरपालिका–६ डम्बराका आगलागी हुदाँ करिव २ लाख ५० हजार बराबरको क्षती भएको छ । डम्बराका भिम बहादुर सापकोटाको गोठमा आगलागी हुदाँ चारवटा गाईभैसी, बाच्छाबाच्छी जलेरको स्थानीय विदुर कार्कीले बताए । ‘भैसीको काम नलाग्ने भएको छ,‘गोठ काम नलाग्ने भएको छ’ कार्कीले भने ।

उनका अनुसार आगलागीको कारण पहिचान हुन सकेको छैन् । आगलागीबाट करिव ३० भारी पराल समेत जलेको छ ।जलेरका पशुचौपायालाई सामान्य उपचार गरिएको छ । पशुपालक सापकोटाले केहीदिन अगाडी दुहुनो भैसी खरिद गरेर ल्याएका थिए । ‘आगलागी भएपछि जानकारी पाए,‘पशुचौपायालाई सुरक्षित गर्ने प्रयास अगाडी नै जलेका थिए’ सापकोटाले भने ।

उनका अनुसार तत्काल आगलागीबाटै पशुचौपायालाई बाहिर निकालिएको थियो । घरायसी तथा ब्यवसायीक पशुपालनको योजना बनाएपनि आगलागीबाट चकनाचुर भएको उनले बताए । यता वडा अध्यक्ष कृष्ण बहादुर बानियाँले आगलागीबाट पशुचौपायामा पुगेको क्षतीबाट दुखी भएको बताउँदै घाईते अवस्थामा रहेका पशुचौपायाको उपचार आवश्यक रहेको बताए।

Facebook Comments