गरिमा विकास बैंकको गरिमा रेमिट सेवा सुरू

म्याग्दीमा सबैभन्दा धेरै शाखा रहेको गरिमा विकास बैंकले गरिमा रेमिट नामबाट आफ्नै रेमिट्यान्स सेवा सुरु गरेको छ । सेवाग्राहीलाई आवश्यकता अनुसारका सेवा विस्तारमा प्राथमिकता दिने गरेको बैंकले गरिमा रेमिटलाई एजेन्ट मार्फत एक स्थानबाट अर्को स्थानमा सहज रुपमा रकम स्थानान्तर गर्न सकिने बेनी शाखाका प्रवन्धक कमल प्रसाद ढुंगानाले बताए ।

‘सेवालाई प्रभावकारी बनाउन सजिलो हुनेछ,‘म्याग्दीमा एजेन्टमार्फत पनि गरिमाले सेवा विस्तार गर्नेछ’ उनले भने । गरिमाले म्याग्दीमा सबैभन्दा धेरै रेमिट्यान्स भुक्तानी गर्ने गरेको छ । म्याग्दीका बार्षिक करिव एक अर्वको हाराहारीमा रेमिट्यान्सको कारोबार गर्ने गरिमाको रेमिटलाई जिल्लामा स्थापित ब्रान्ड बनाउन समस्या नभएको प्रबन्धक ढुंगानको भनाई छ । उनका अनुसार एटिएम, मोवाईल बैंकिङ, लघुवित्त कर्जा सहितको सुविधाले सेवाग्राहीको आर्कषण बढ्दै गएको अवस्थामा रेमिट् सेवाबाट समेत सेवाग्राहीलाई सहजै सेवा उपलब्ध गराउन सकिने बताए ।

बैकले छिट्टै विदेशी मुद्रा विनियम सम्बन्धी काम र भिास डेबिट कार्ड सञ्चालनमा ल्याउने तयारी गरेको छ । म्याग्दीमा बेनी नगरपालिका, मंगला, मालिका, अन्नपूर्ण गाउँपालिकामा गरी चार वटा शाखा रहेको गरिमाले जिल्लाका करिव सबै गाउँबस्तीलाई सहज हुने गरी सेवा विस्तार गरेको छ । जिल्लाका सबै ब्यापारिक केन्द्रमा शाखा विस्तार गरेकाले पनि वित्तिय सेवा प्रवाहमा सहज भएका छ ।

गरिमाले राजधानीमा पाँच शाखा तथा देशभरिमा ७५ शाखा र १२ एटिएममार्फत सेवा दिइरहेको छ ।यसको चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख ७९ हजार रुपैयाँ छ । बैंकले २०७५ वैशाख मसान्तसम्ममा १८ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । उक्त अवधिमा बैंकले ४४ करोड सञ्चालन नाफा कमाएको छ ।

Facebook Comments