विष्फोटक पर्दाथको प्रयोग गरी बेनी–जोमसोम सिधा सञ्चालन (भिडियो)

0
523

हिमालपारीको जिल्ला मुस्ताङ्लाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक सिधा सञ्चालनमा भएको छ । दुईसाता अगाडी अन्नपूर्ण गाउँपालिका–३ दानास्थित काभ्रेभीरमा सडकभन्दा माथीबाट खसेर पहिरोले अवरुद्ध भएको सडक विष्फोटक पर्दाथको प्रयोग गरी ठुला चट्टान पन्छाएसंगै आइतबार साँझबाट सडक सुचारु भएको हो ।

अविरल बर्षाले अवरुद्ध सडक बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरका साथै नेपाली सेनाको टोलीले शनिबार र आतइतबार दिनभरी विष्फोटक पर्दाथको प्रयोग गरी सडकमा खसेको ढुंगालाई हटाइएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

उनका अनुसार शनिबार विष्फोटक पर्दाथले ठुला ढुंगालाई ब्यवस्थापन गरेपनि लगातार खस्ने पहिरोले सडकमा पैदलयात्रा गर्न समेत समस्या भइरहेको थियो । सडक सुचारु भएपछि मुस्ताङमा अलपत्र परेका सवारीसाधनमा यात्रु गन्तब्य तर्फ लागेका छन् । डोजर, स्काभेटरको प्रयोगबाट अवरुद्ध हटाउन समस्या भएपछि जिल्ला सुरक्षा समितिको बैठकले विष्फोटक पर्दाथको प्रयोग गर्ने निर्णय गरेको थियो । पहिरोले करिब ५० मिटर सडक पुरेको थियो । छिमेकी मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाबाट ठुलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक बाहिरिएको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ ।

गत असारमा बर्षासंगै सडकखण्डका विभिन्न स्थानमा कटान र पहिरोले छियाछिया भएपछि यात्रुले जोखिम मोलेर यात्रा गर्न बाध्य थिए ।लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण म्याग्दी र मुस्ताङको अवरोध पन्छाउँदै सिधा यातायातका साधन सञ्चालनमा भएपछि सोमबार देखी सुरु हुने पितृपक्ष अर्थात सोह्रश्राद्धमा कागबेनी र मुक्तिनाथ मन्दिरको दर्शनका लागि जाने हिन्दु धर्मालम्बीलाई राहत हुने म्याग्दी जीप तथा बस सञ्चालक समितिका अध्यक्ष लाल बहादुर थापाले बताए ।

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडमा कुनै पनि बेला पहिरो खसेर सडक बन्द हुन सक्ने अवस्था रहेकाले मनसुन सुरू भएसंगै लगत्तै भएपछि प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।करिडोर अन्र्तरगत बेनी–भुरुङ तातोपानीसम्म शर्मा यूनाइटेड जेभी, शर्मा गजुरमुखी जेभी र मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङबाट जोमसोमसम्म कोशी कन्ट्रक्सनले अवरुद्ध हटाउने गरेको

छ ।

७६ किलोमिटर दुरी रहेको सडकखण्डमा दशैंको मुखमै सडक अवरुद्ध भएपछि ट्रकमा लोड गरिएको स्याउ समेत कुहिने अवस्थामा पुगेपछि ब्यापारीले भरियाको प्रयोग गरेर समेत सडक पारीबाट जोखिमपूर्ण तरिकाले स्याउ ओसारेका थिए ।  सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ । असोज र कात्तिक महिना मुस्ताङमा आन्तरिक पर्यटकको निकै चाप हुने गरेको छ । गतबर्ष काभ्रेभीरबाट खसेको ढुंगाले लागेर २ जना पर्यटकको ज्यान गएको थियो भने ७ जना घाईते भएका थिए । काभ्रेभीरलाई सडकखण्डकै जोखिमपूर्ण ठाउँ मानिन्छ ।