मुटुरोगी मिजारलाई शान्ति कोषको २५ हजार सहयोग

0

आर्थिक अभावका कारण उपचार गर्न समस्या भएकी म्याग्दीकी एक बालिकालाई परोपकारी संस्था ओमकुमारी शान्ति कोषले २५ हजार सहयोग गरेको छ । बेनी नगरपालिका–९ कोशेपानीकी १६ बर्षिय सपना मिजारको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिक अभावले घर फर्किएको समाचार भएपछि मिजारलाई कोषका अध्यक्षले आपतकालिन सहयोगका लागि २५ हजार पीडित मिजार र उनकी आमालाई हस्तान्तरण गरेका थिए ।

‘जटिल समस्या भएकाले चिकित्सकको सुझावलाई बेवास्ता नगर्नुहोला,‘बिश्वभर रहेका म्याग्देलीलाई सहयोगको अपिल गर्दछु’ शाक्यले भने ।बुबा सुविन्द्र सार्कीको मृत्यु भएपछि गिटीबालुवा सङ्कलन गरी तीनछोराछोरीलाई पाल्दै आएकी नैनले उपचारमा आर्थिक अभाव भएपछि अस्पतालबाट घर फर्किएको बताइन् । ‘घरमा एकछाक खानेपनि छैन्,‘एउटा छोरी मृत्युसंग संघर्ष गदैछिन्’ नैनले भनिन् । उनका अनुसार मिजारको मुटुको भल्भमा समस्या देखिएपछि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको छ ।

बेसाहारा मिजारको जीवन बचाउने अभियानमा आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका म्याग्देलीलाई राष्ट्रिय जनजागृति मावि नेप्टेचौरले अपिल गरेको छ । विद्यालयमा कक्षा ६ मा अध्ययरत परियार पटकपटक विरामी हुने गरेकाले पनि नियमित विद्यालयमा समेत नियमित जादैनन् । एक बर्ष अगाडी बुबाको समेत मृत्यु भएपछि निकै कष्टकर जीवन विताइरहेकी छन् । सानैमा निमोनियाग्रस्त मिजारको मुटुमा प्वाल परेको छ । उपचारका लागि करिव ३ लाख खर्च र नियमित औषधी र चेकजाँच गर्नका लागि थप आर्थिक लाग्ने चिकित्सकले बताएका छन् ।