.आमाबुबाले छोडेपछि पढ्ने चाहना पुरा गर्न कठोर काम गर्न बाध्य बेनी नगरपालिका–३ भकिम्ली डोलेकी १४ बर्षिया सुमित्रा पुनलाई पाल्पाका एक ब्यक्तिले सहयोग गरेका छन् । बेनी सामुदायिक माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययरत पुनलाई पाल्पाका सुर्य न्यौपानेले कक्षा १२ सम्म पोशाक, शैक्षिक साम्रागी लगाएत आवश्यक पर्ने साम्रागी खदिर गर्ने गरी बार्षिक १३ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

१४ बर्ष अगाडी रोजगारीको सिलसिलामा भारत गएका बुबा सम्पर्कविहिन र आमाले दोस्रो विवाह गरेपछि आफन्तले घरेलु काम गर्ने गरी मंगलाघाटमा छोडेपछि अलपत्र परेकी सुमित्राले दैनिक कठोर काम गदैं विद्यालयमा पढ्ने गरेको समाचार बेनीअनलाइनमार्फत सार्वजनकि भएपछि न्यौपानेले विद्यालयमै आएर सहयोग गरेका हुन् ।

‘विद्यालयभित्र आवश्यक पर्ने सम्पूर्ण खर्च मैले सहयोग गर्छु,‘चरम गरिबीकै कारण उनले भोगको पीडालाई नजिकबाट हेरे’ न्यौपानेले बेनीअनलाइनलाई भने । तालिम प्रशिक्षक समेत रहेका न्यौपानेले सुमित्रालाई १० हजार देखी माथि लाग्ने सहयोग विद्यालयमै पठाउने बताए । विहानै र विद्यालयबाट घर फर्किएपछि रातीसम्म काम गर्ने गरेकी सुमित्राको दुवै हातका औलाका कापा कुहिन थालेपछि हातमा मलम लगाएर विद्यालयमा आउने गरेकी थिईन् ।

खाना पकाउने, भाँडा माझ्ने, घर सफा,लुगा धुनु जस्ता घरायसी काम गर्नुपर्ने बाध्यताले पढाईमा समस्या भएको गुनासो गरेकी पुनका बारेमा समाचार सार्वजनिक भएपछि स्वदेश तथा विदेशबाट सहयोगको ओइरो लागेको छ । पढाईमा अब्बल रहेका विद्यार्थीसंगै संगत रहेपनि विद्यालयमा आउँदा र घरमा गएपछि रातीसम्म काम गर्नुपर्ने बाध्यताले पढाईमा समते असर गरेपछि उनलाई विद्यालयका प्रधानध्यापकले समस्याका बारेमा जानकारी पाएपछि उचित ब्यवस्था गरिने बताएका छन् ।

दुई छाक टार्नै समस्या भएपछि अभिभावबाट समेत अलपत्र परेका बालबालिकाले राम्रो खानपिनका साथै नियमित विद्यालय जान नपाएपछि अर्काको घरमा बसेर काम गर्नुपर्ने बाध्यता रहेपनि सरकारी निकायबाट अभियानमा कुनै सहयोग हुने गरेको छैन् ।  यसअगाडी परोपकारी मनका धनी न्यौपानेले पर्वतको जलजला गाउँपालिका ४ लुङ्दी आधारभुत विद्यालयका २ जना, कपिलबस्तु जिल्लामा ४ जना, तनहुँ जिल्ला २ गोरखा २ र धादिङमा १ जना विद्यार्थीलाई आवश्यक पर्ने शैक्षिक सामा्रागी सहित पोशाक लगाएत सहयोग गरेका छन् । यसैबीच पुनलाई अमेरिकामा रहेका भकिम्लीबासीले समेत सहयोगको प्रतिबद्धता जनाएका छन् ।