बेनी नगरपालिका–३ भकिम्लीमा समुदायले सक्रियतामा निर्माणधिन अवस्थामा रहेको जयन्ती माविको भवनलाई एक महिलाले एक लाख सहयोग गरेकी छन् । जिर्ण अवस्थामा रहेको भवन विस्थापित गरी समुदायबाट सुरु भएको अभियानमा साविकको भकिम्ली गाविस ५ कोल्धारा निवासी हाल यूकेमा बस्ने मिन कुमारी पुनले १ लाख आर्थिक सहयोग गर्नुभएको विद्यालयका शिक्षक डेक बहादुर घर्तीमगरले बताए ।

विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम पुन तथा आर्थिक सहयोग समितिका कमल बहादुर पुन मार्फत हस्तान्तरण गरिएको थियो । ‘समुदायको सक्रियतामा स्थापना भएका भौतिक पूर्वाधार दिगो हुन्छ भन्दै ब्यक्तिगत सहयोग गर्नुभएको छ,‘उहाँले भविस्यमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ’ अध्यक्ष पु्नले भने ।

उनका अनु्सार साविक भकिम्ली ७ हलेगौँडा हाल बहराइन मोहन थापाले ५१ ह्जार १ सय, भकिम्ली जन्म भई हाल बुटवल बस्ने तारादेवी पुन र उनकी दिदीले संयुक्त रुपमा ६२ हजार सहयोग गरेका छन् । सदरमुकाम नजिक रहेको भकिम्लीमा रहेको भवन जिर्ण हुदाँ शिक्षक, विद्यार्थीको ज्यान नै जोखिममा परेपछि गाउँका विपन्न परिवारले जनश्रमदान र अन्नबाली बेचेर समेत भवनका लागि सहयोग गरेका थिए ।

विद्यालयको २० कोठे भवनको निर्माण चरणको अन्तिममा रहेको छ । गाउँ देखी विश्वभर रहेका भकिम्लीबासीको सक्रियताले सहज भएको छ’ अभियान्ता कमल पुनले भने । सदरमुकाम बेनीबाट नजिक भएपनि सरकारी निकाय, राजनीतिक दल लगाएतबाट अपेक्षा गरेअनुसारको सहयोग नभएपछि स्थानीयले चुनौती दिदैं पुरानो भवन भत्काएर नयाँ बनाउने घोषणा गरेका थिए । विद्यालयलाई हालसम्म २ करोडभन्दा बढी आर्थिक संकलन भएको छ ।