बेनी नगरपालिका–९ तोरिपानीका कृषक टिम्मुर खेतीमा आर्कषित भएका छन् । आधा दशक अगाडीसम्म कौडीको मुल्यमा विक्री हुने टिम्मुरको स्वदेश तथा विदेशबाट अत्याधिक माग हुन थालेपछि टिम्मुर खेतीमा आर्कषित भएका गाउँलेले हरेक बर्ष टिम्मुरको खेती विस्तार गरेका छन् ।तोरिपानीमा एकल तथा सामुहिक प्रयासबाट एकबर्षमा गाउँमा करिव ३० लाख सम्म आम्दनी गर्ने गरेका छन् ।

खेतबारी, सामुदायिक बनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा विक्री गरेर कमार्इ हुन थालेपछि दुईचार जनाबाट सुरू भएको टिम्मुरखेतीमा अहिले गाउँका १ सय ५० घरधुरी नै आर्कषित भएका छन् । गतबर्षको तुलनामा करिव दोब्वर माग आएपनि प्रतिकुल मौसमका कारण असिनापानीले फलमा क्षती पुगेपछि नेपालका विभिन्न जिल्लाका साथै भारतको दार्जलिङ, यूरोपका विभिन्न देशबाट आएको माग पु¥याउन समस्या भएको भुमेसिद्ध टिम्मुर कृषक समुहकाअध्यक्ष सागर बानियाँले बताउनुभयो ।

टिम्मुर खोज्दै घरदैलोमै आउँछन्। विदेशबाट समेत मागआउन थालेपछि प्रमुख आम्दानीको श्रोत बनाएर कृषकले हरेक बर्ष धमाधमा नयाँ विरुवा विस्तार गरिरहेका छन् । नेपालमै प्रतिकेजी १८ सय देखी विदेशमा २२ सयसम्म विक्री भइरहेको छ ।कमजोर आर्थिक अवस्था भएका तोरिपानीका दलित बस्तीमा बसोबास गर्नेले समेत टिम्मुरखेती विस्तार गरेपछि विदेशबाट फर्किएकाले टिम्मुरमै आफ्नो समय खर्च गर्ने गरेका छन् ।

गाउँमा अत्याधिक माग आउन थालेपनि माग अनुसार उत्पादन हुन नसकेपछि स्थानीयले अन्य जिल्लामा उत्पादन भएका टिम्मुर समेत खदिर गरेर ल्याउने गरेका छन् । गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाण्डौ लगाएत देशका विभिन्न जिल्लाका साथै यूरोपमा समेत पुग्ने गरेको छ। गाउँमा १९ वटा समुह गठन गरी टिम्मुरखेतीविस्तार भइरहेको छ ।

सामुदायिक बनमा रहेको टिम्मुरआर्थिक अवस्थाकमजोर भएका र एकल महिलाले सङ्कलन गरेर विक्रीगर्ने गरेको टिम्मुर खेतीका अगुवा राजु बहादुर खत्रील बताउनुभयो । दलित र एकल महिलालाई सामुदायिक बनमा फलेका टिम्मुर टिप्न छुट दिइएको छ । गाउँमा गुमानसिंह बानियाँर सागर बानियाँले नर्सरी समेत स्थापना गरी बार्षिक १० हजारभन्दा धेरै विरुवा समेत विक्री गर्ने गरेका छन् ।

डिभिजन बन कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघ लगाएतका संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट ५५ रुपैयाँमा प्रति विरूवा विक्री हुने गरेको छ । विरुवा खरिद गर्न नर्सरीमै आउन थालेपछि स्थानीय उत्साहित छन् । गाउँमा स्वर्गीय नारायण बहादुर बानियाँको पहलमा टिम्मुर खेती भित्रिएको थियो । स्वर्गिय बानियाँले लगाएको टिम्बुर उनका बुबाले हेरचाह गरिरहेका छन् ।

दुईबर्ष अगाडी गाउँमा देविभक्त रिजालको एउटै बोटबाट १८ केजी टिम्मुर उत्पादन भएको थियो । एउटै बोटबाट रिजालले ३० हजार आम्दानी गरेका थिए । रोजगारको सिलसिलामा बाहिर भएका र लामो समय देखीबाँझो खेतबारीलाई समेत भाडामा लिएर यूवाहरू टिम्मुरखेतीमा सक्रिय हुन थालेका छन् । एउटा बोटबाट ४ हजार देखी ३० हजारसम्म आम्दानी हुन थालेपछि अन्य खेतीबालीलाई समेत छोडेर प्राविधिक तालिम सहित टिम्मुरखेतीमा सक्रिय हुन थालेका छन् । गाउँका भरत

खत्रीले ६ रोपनी धानखेती छोडेर टिम्मुरी लगाएर दैनिकजसो रेखदेख गर्ने गरेको बतानुभयो । मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टिमुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदीक औषधिको रूपमा प्रयोग गरिने भएकाले पनि यूरोपमा म्याग्दीको टिम्मुरको अत्याधिक माग रहेको छ ।

तोरीपानी, स्यानीखेत, नेप्टेचौर, ढावा गाउँका बासिन्दाका लागि मसलेदार फल टिम्मुर गतिलो आम्दानीको स्रोत बनेको छ । खोल्सा, पाखो र बारीका कान्लामा फल्ने टिम्मुरले स्थानीयबासीको दैनिक सहज बनाएको छ ।बेनी नगरपालिका र पाँचवटा गाउँपालिका अन्र्तरगत पर्ने साविकको २० वटा गाविसमा टिम्मुरखेतीको सम्भावना रहेको बताए । जिल्लाभर बार्षिक करिव ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको छ ।

विज्ञापन