जन्मदिनको खर्च कटाएर बेसाहरा पुनलाई सहयोग

0
253

जन्मदिनको अवसरमा एक शिक्षकले बेसाहरा विद्यार्थीलाई सहयोग गरेका छन् । बेनी सामुदायिक माध्यामिक विद्यालयका शिक्षक राजेन्द्र खत्रीले जन्मदिनको अवसरमा अभिभावकले छोडेर अलपत्र परेकी सुमित्रा पुनलाई विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठ मार्फत नगद ५ हजार आर्थिक सहयोग गरेका हुन् ।

१४ बर्ष अगाडी रोजगारीको सिलसिलामा भारत गएका बुबा सम्पर्कविहिन र आमाले दोस्रो विवाह गरेपछि एक घरमा बसेर काम गदैं बेनी नगरपालिका ३ भकिम्ली डोलेकी पुनको बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि शिक्षादिक्षाका सहज वातावरण बनाउन सहयोग गरेको शिक्षक खत्रीले बताए ।‘सुमित्राको समस्यालाई नजिकबाट देखेको छु,‘अर्काको घरमा बसेर उनले पढाईलाई निरन्तरता दिइरहेकी छन्’ खत्रीले भने ।

विहानै र विद्यालयबाट घर फर्किएपछि रातीसम्म काम गर्ने गरेकी सुमित्राको दुवै हातका औलाका कापा कुहिन थालेपछि हातमा मलम लगाएर विद्यालयमा आउने गरेकी पुनको शिक्षादिक्षाका लागि अभियान नै सञ्चालन गरिएको छ । पुन र विद्यालयका प्रअको संयुक्त हस्ताक्षरमा एनसिसी बैंकको बेनी शाखामा खाता सञ्चालन गरिएको छ ।

खाना पकाउने, भाँडा माझ्ने, घर सफा,लुगा धुनु जस्ता घरायसी काम गर्नुपर्ने बाध्यताले पढाईमा समस्या भएको गुनासो गरेकी पुनका बारेमा समाचार सार्वजनिक भएपछि विद्यालयका अभिभावकले समेत सहयोगको प्रतिबद्धता जनाएका छन् । दुई छाक टार्नै समस्या भएपछि अभिभावबाट समेत अलपत्र परेकी पुनले उचित वातावरण भए पढाईमा राम्रो गर्ने बताईन् । पुनलाई यसअगाडी पाल्पाका सुर्य न्यौपानेले कक्षा १२ सम्म आवश्यक पर्ने शैक्षिक तथा पोशाक सहयोगको प्रतिबद्धता जनाइसकेका छन् । न्यौपानेले बार्षिक १३ हजारसम्म सहयोग गर्ने बताएका छन् ।