खर्च जुटाउन नसक्दा अपाङ्ग विद्यार्थीको स्नातक तह पढ्ने चाहना अधुरै (भिडियो)

0
208

म्याग्दीका एक अपाङ्ग विद्यार्थी आर्थिक अभावका कारण स्नातक तहको शिक्षाबाट बन्चित भएका छन् । काठमाण्डौमा विभिन्न संघसंस्थाको सहयोगमा कक्षा १२ सम्मको पढाई पुरा गरेकामंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटाले स्नातक तह अध्ययनका लागी आर्थिक अभाव भएपछि गाउँ फर्किएका छन्। ‘सहयोग गर्नेहरु पनि सम्पर्कविहिन भए, खाने खर्च पनि भएपछि घर फर्किएको छु’ सापकोटाले भने ।

वल्ड यूथ इन्टरनेशलनबाट एसईई र जय मल्टिपल क्याम्पस, महाकालबारीबाट प्लस टू पास गरेपछि थप शिक्षाका लागि आर्थिक अभाव भएपछि घर फर्किएका सापकोटाले आर्थिक सहयोग खोजीरहेका छन्।उनको एसइईमा ‘बि प्लस’ र प्लस टू मा ‘बि’ ग्रेड आएको छ ।रोजगारीको सिलसिलामा भारतमै बुबाको मृत्युपछि आफन्तको सहयोगमा काठमाण्डौमा पुगेका थिए । ‘आर्थिक अभावकै कारण स्नातक तह पढ्ने बाटाहरू बन्छ छन्,‘सिरानीमै शैक्षिक प्रमाणपत्र राखेको छु,पढाई पूरा गर्ने धोको सपना जस्तै भएको छ’ सापकोटाले भने ।

ब्यवस्थापन संकायबाटै स्नातक तहसम्मको पढाई पुरा गरी वित्तिय क्षेत्रमा काम गर्ने लक्ष्य रहेको बताउँदै अनुकुल वातावरण भएमा आफ्नो क्षमता देखाउन सक्ने बताए । गत बैशाखमा घरमा फर्किएका सापकोटाको दुवै हात–खुट्टा र प्रष्ट बोल्न सक्दैनन् । सोमप्रसादकी आमा लीलाले आर्थिक अभावकै कारण स्नातक तहको शिक्षाबाट बन्चित भएको बताए । उनका अनुसार छोरा गर्भमै रहेको बेलामा श्रीमानको मृत्यु भएपछि ज्याला–मजदुरी गरी छोरालाई हुर्काएको बताईन् ।

छोराले पढ्ने चाहना पुरा नभए कुनै अप्रिय निर्णय लिन्छ भन्ने चिन्ता रहेको बताईन् । उनले छोराको उच्च शिक्षाको चाहना पुरा गर्न आर्थिक सहयोगको अपिल समेत गरिन् ।यता सापकोटालाई होस्टेल, लत्ताकपडा सहित पुस्तकको सुविधा भएमा म्याग्दी बहुमुखी क्याम्पसमा छात्रबासमा पूर्ण छात्रबृत्ति सहितको आवासीय सुविधा उपलब्ध गराउने सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले बताए ।उनलाई मासिक हुने ५ हजार खर्च जुटेमा पढाईमा सहज हुने क्याम्पसले जनाएको छ ।