आर्थिक अवस्थाका कारण आँखामा फैलिएको क्यान्सर रोगको उपचार गर्न नसकेका ८ वर्षिय बालक नजिन बिकलाई प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेर सहयोग गरेका छन् ।उपचार गर्ने पैसा नभएर मृत्यु पर्खेर बसेका बालकलाई उपचार गर्न मलेसिया सहित देश विदेशमा रहेका नेपालीले चन्दा उठाएर रकम संकलन गरेका थिए ।

केही समय पहिले आँखा सम्बन्धी समस्याले ग्रसित आठ वर्षिय बालक नजिन बचाउ अभियान अन्तर्गत मलेसिया लगायत विभिन्न देश तथा नेपालका विभिन्न ठाउँहरुबाट पछिल्लो समय रकम संकलन भइरहेको छ ।

काठमाडौं बाट बबिता योन्जन, मलेशिया बाट आशिष परियार ‘झिल्के’ , जापान बाट गुरु प्रसाद सापकाेटा , काठमान्डौ बाट दलमर्दन कामी र कुवेत बाट नमुना बिश्वकर्मा समाज को सक्रियतामा ८ वर्षिय बालक नजिन बचाउ अभियान बाट संकलित १०,०००/ दस हजार रुपैयाँ आज २०७५/६/१३ गते नेपाल मेरी चाइल्ड हेल्प सेन्टर तारकेस्वरका अध्यक्ष गोकर्ण कुनवर , सचिव गोरे तामाङ र कोषाध्यक्ष कोपिला कुनवर ले नेपाल क्यान्सर हस्पिटल ललितपुर हरिसिद्दिमा गइ पीडित बालककी आमा उदिमाया बिकलाइ हस्तान्तरण गर्नुभएको छ ।

आँखाको रोगले थलिएका बालक नजिनको घरको आर्थिक कमजोरीका कारण प्रभावकारी उपचार हुन नपाउँदा स्वास्थ्य स्थिति जटिल बन्दै गएको थियो । सुरुमा आर्थिक अवस्था कमजोर भएका कारण परिवारले समयमा अस्पताल पु¥याउन नसकेपछि प्रवासमा रहेका नेपाली र नेपालमा रहेका केहि मनकारीको सहयोगमा हाल क्यान्सरपीडित बालकको ललितपुर स्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

थप उपचारका लागि पैसाको आवश्यक परेको हुनाले उदिमाया बिकको ज्योति बिकास बैक गैरीधारा काठमाण्डौमा रहेको खाता न. :- ०११११३००१५१९७२०००००१ मा सहयोग जम्मा गर्दिनु हुन् समेत पिडितका आफंतले सवै मनकारी संग अपिल गरेका छन् ।

खातावालाकाे नाम :- udimaya bk 
– खाता न. :- 001111300151972000001
– बैक :- joti bikash bank ltd. gairidhara
Kathmandu 
( swift code – srblnpka बिदेशबाट पठाउनकाे लागि ।)