.जन्मदिनको अवसरमा बेनी सामुदायिक विद्यालयका एक शिक्षकले बेसाहरा विद्यार्थीलाई सहयोग गरेका छन् । जन्मदिनको अवसरमा अभिभावकले छोडेर अलपत्र परेकी सुमित्रा पुनलाई विद्यालयका शिक्षक यादव रिजालले प्रधानध्यापक दिपक श्रेष्ठ र सहाययक प्रअ काशिराम रेग्मीलाई नगद ५ हजार १ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । १४ बर्ष अगाडी रोजगारीको सिलसिलामा भारत गएका बुबा सम्पर्कविहिन र आमाले दोस्रो विवाह गरेपछि एक घरमा बसेर काम गदैं बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि विद्यालयका शिक्षकले समेत आर्थिक सहयोग सहितको अभियान सञ्चालन गरेका छन् ।

आफ्नै विद्यालयमा अध्ययरत विद्यार्थीको समस्याका बारेमा समाचार मार्फत जानकारी पाएपछि जन्मदिनको अवसरमा सहयोग गरेको शिक्षक रिजालले बेनीअनलाइनलाई बताए । विहानै र विद्यालयबाट घर फर्किएपछि रातीसम्म काम गर्ने गरेकी सुमित्राको दुवै हातका औलाका कापा कुहिन थालेपछि हातमा मलम लगाएर विद्यालयमा आउने गरेकी थिईन् । उनका बारेमा समाचार प्रकाशित भएपछि विद्यालयका प्रअको संयुक्त हस्ताक्षरमा एनसिसी बैंकको बेनी शाखामा खाता सञ्चालन गरिएको छ ।

दुई छाक टार्नै समस्या भएपछि अभिभावबाट समेत अलपत्र परेकी पुनले उचित वातावरण भए पढाईमा राम्रो गर्ने बताईन् । पुनलाई यसअगाडी पाल्पाका सुर्य न्यौपानेले कक्षा १२ सम्म आवश्यक पर्ने शैक्षिक तथा पोशाक सहयोगको प्रतिबद्धता जनाइसकेका छन् ।न्यौपानेले बार्षिक १३ हजारसम्म सहयोग गर्ने बताएका छन् । पुनलाई सहयोग आउने क्रम जारी छ ।