मुस्ताङको कारागारमा किन लगियो गौचन हत्याका योजनाकारलाई ?

नेपालमै कम कैदीबन्दी रहेको कारागारभित्र पर्ने हिमालपारिको जिल्ला मुस्ताङको कारागारमा गुन्डा नाइके गुन्डा नाइके समिरमानसिंह बस्न्यातलाई सरुवा गरिएको छ । राजधानीमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचन गोली हानी हत्या गरेका बस्न्यातलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनलाई सोमबार बिहान मुस्ताङ लगिएको हो ।

कारागारका जेलर जीवन दुलालले बिहान पानै ९ बजे बुद्ध एयरको फ्लाइटमार्फत उनलाई मुस्ताङ पठाइएको बताए । जिर्ण अवस्थामा रहेको कारागारमा कैदीबन्दीलाई पु¥याउनुलाई निकै चासो पूर्वक हेरिएको छ । साविकको धौलागिरी अञ्चलमा रहेका कारागारमा मुस्ताङको कम प्रयोग तथा जिर्ण अवस्थाको बन्दीगृह मानिन्छ । मुस्ताङको बन्दीगृहमा लैजाने तयारी गरिएको समिरमानलाई पोखराबाट बेनी जोमसोम सडक हुदै मुस्ताङ लैजाने तयारी भइरहेको छ ।

स्रोतका अनुसार गुन्डा नाइके समिरले जेलभित्रैबाट धम्कीपूर्ण तरिकाले चन्दाको माग गर्ने गरेको गुनासो समेत सार्वजनिक भएको थियो । ठुला ब्यापारीलाई धम्कीपूर्ण तरिकाले रकम माग गर्ने गरेको गुनासो आउन थालेपछि नियमित मोवाइल सम्पर्क समेत नहुने अन्कटार ठाउँमा लगिएको बताइएको छ ।यता म्याग्दीका प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले हालसम्म म्याग्दीमा प्रवेश नगरेपनि मुस्ताङ लैजाने बारेमा जानकारी आएको बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले ३२ वर्षीय बस्न्यात भारतमा पक्राउ गरी १७ मंसिर ०७४ मा सार्वजनिक गरेको थियो । त्यसबेला ब्यूरोले बस्न्यातको एउटा अडियो सार्वजनिक गरेको थियो, जसमा समीरमानले गौचनको हत्या आफ्नो योजनामा भएको स्वीकारका थिए ।