पश्चिम म्याग्दीको धारापानीमा बिजुली बल्यो

0

पश्चिम म्याग्दीको धारापानीमा पहिलोपटक विजुली बत्ती पुगेको छ । धौलागिरी गाउँपालिका–७ धारापानीमा केन्द्रिय प्रशारण लाईनको विद्युत विस्तारसंगै गाउँका १९५ घरधुरीमा एकसाथ विजुली बलेको छ । गाउँपालिका, वडा कार्यालय र नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्र मार्फत कुल ५६ लाखको लागतमा सम्पन्न भएको विद्युतीकरणको सोमबार एक कार्यक्रमक बीच पहिलो संविधान सभाका सदस्य गोविन्द पौडेल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र गाउँपालिका अध्यक्ष थमसरा पुनले उद्घाटन गरेका छन् ।

विद्युतीकरणमा तत्कालिन जिविस, वडा, विद्युत प्राधिकरण र गाउँपालिकाको बजेटले निर्धारित समयमै सम्पन्न गरिएको थियो । उपभोक्ता समिति मार्फत धारापानीमा विद्युतीकरणमा स्थानीयबासीको सहयोगले समेत सहज भएको विद्युतीकरण उपभोक्ता समितीका अध्यक्ष रिमप्रकाश थापाले बताए ।उद्घाटन समारोहमा छिमेकी मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखी धारापानीसम्म केन्द्रिय प्रशारण लाईन विस्तारमा प्राधिकरण बेनी वितरण केन्द्रबाट प्राप्त सहयोगले समेत सहज भएको बताइएको थियो ।

धारापानीमा जडान गरिएको ट्रान्सफर्मरको परिक्षण सफल भएपछि प्रयोग गदैं आएका स्थानीयले उद्घाटन कार्यक्रमा विकासको एउटा आधार विजुली बत्ती समेत भएकाले धारापानीबासी उत्साहित भएको बताएका थिए । साविक ताकम गाविसको १ र २ नम्बर वडामा पर्ने धारापानीमा रहेका २२५ घरधुरी मध्ये बसोबास रहेको घरधुरीमा बिजुली बलेको भएपनि धारापानीकै बौर र हाँडेभीरमा अझै बाँकी रहेको बताइएको थियो । धारापानीमा विद्युतीकरणसंगै यसै वर्ष्भित्र साविक ताकम गाविसको ३–९ नम्बर वडामा पर्ने ताकम गाउँमा पनी केन्द्रिय प्रशारण लाईनको विद्युतीकरण विस्तारको कार्य तिब्रता पाएको छ । उद्घाटन सत्रमा पुगेका अतिथिले विद्युतीकरणको मच्छिम सम्म अवलोकन गरेर फर्किएका उपभोक्ता समितिका सचिव किरण थापाले जानकारी दिए ।