धवलागिरी गाउँपालिका–६ मराङ हुदै मल्कवाङ जोड्ने सडक मर्मत गरिने भएको छ । अविरल बर्षासंगै बाढीपहिरोले छियाछिया भएको सडकखण्डका विभिन्न स्थानमा मर्मत गरिने वडा अध्यक्ष राजाराम उपाध्यायले बताए ।

पहिरोका कारण अवरुद्ध भएका मोटरबाटोलाई दशैं अगाडी नै मर्मत तथा सरसफाई गर्न अम्मर पुनको संयोजकत्वका मर्मत उपभोक्ता समिति र गम बहादुर लाम्गाडेको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । गाउँपालिका भित्र सञ्चालनमा रहेका सडकलाई मर्मत तथा जोखिमपूर्ण ठाउँमा स्तरउन्नती गर्ने गाउँकार्यपालिकाको निर्णय अनुसार बाढीपहिरोले पु¥याएको क्षतीको विवरण सङ्कलन समेत गरिएको बताइएको थियो ।

भेलामा वडा सदस्य लक्ष्मी दर्जी, बेदनाथ सुबेदी, खिम बहादुर गर्बुजा लगाएको उपस्थितीमा भएको आम भेलाले मर्मतकार्यलाई तिब्रता दिने निर्णय गरेको छ । जिल्लाकै विकट क्षेत्र मानिएका बस्तीमा पर्ने मल्कवाङका जनतालाई सहज आवतजावतका लागि पदैलमार्गको समेत सरसफाईमा समेत सहयोग गर्ने बताइएको छ। तेजेन्द्र पुनमगर