म्याग्दी कोरलाको पोखरा–जोमसोम सिधा सेवा

0

म्याग्दीबाट सेवा दिइरहेको म्याग्दी केरला मुभर्स एण्ड ट्राभल्स् कम्पनीले बिहिबारदेखी पोखरा– जोमसोम सिधा यातायाता सञ्चालन गर्ने भएको छ । म्याग्दी, मुस्ताङबाट काठमाण्डौ जाने यात्रुलाई लक्षित गरी एयर कन्डिसन एसी युक्त आरामदायी सुपर डिलक्सको सेवा विस्तार गदैं पोखराबाट उत्तरी म्याग्दीका जनतालाई समेत सहज आवतजावतको सुविधा विस्तार संगै पोखरा–जोमसोम सेवा सुरु गरेको कम्पनीका अध्यक्ष सुरत केसीले बताए ।

उनका अनुसार पोखराबाट सिधै मुक्तिनाथ मन्दिरसम्म पुग्ने यात्रुलाई प्रति यात्रु १३ सय ५० भाडा तोकिएको छ । पोखराबाट सदरमुकाम बेनी, भुरुङ तातोपानी र मुस्ताङको जोमसोमका यात्रुलाई तोकिएकै भाडामा सेवा दिइने छ ।गतबर्षको चैत्र महिनाबाट सेवा सुरु गरेको म्याग्दी कोरालाका दुईवटा बसले बेनी– काठमाण्डौ र तीनवटालाई पोखरा–काठमाण्डौ रुटमा सेवा दिने कम्पनीले जनाएको छ ।यातायातको क्षेत्रमै अनुभव भएकाहरूको लगानी रहेको कम्पनीले थप ६ वटा बस भित्राउने तयारी गरेको छ । प्रालिले निकट भविस्यमा पश्चिम म्याग्दीको दरवाङबाट समेत सेवा विस्तार गर्ने जनाएको छ ।

सुपर एसी डिलक्समा शौचालय, क्याफे सहितको अत्याधुनिक सेवा रहेको बसले साविकको धौलागिरी अञ्चलका चारवटै जिल्लाका यात्रुलाई आरामदायी तथा सुरक्षित यात्रा गराइरहेको जनाएको छ ।सडक सञ्जालको स्तरउन्नतीलगत्तै छिमेकी राष्ट्र चीन र भारत जोड्ने अन्तरदेशीय बेनी–जोमसोम–कोरला सडक अन्र्तरगत कोरलासम्म आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा दिने कम्पनीको योजना छ । ६ जनाको लगानी रहेको कम्पनीले बससंगै जीप लगाएतका अन्य सुविधाहरु समेत विस्तार गर्ने योजना रहेको कम्पनीमा मोहन केसीले बताए ।