म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको झाक्रिपानीमा चितुवाको आतंकले स्थानीय त्रसित भएका छन् । गोठमा रहेका गाई भैसीका बाच्छा संगै बाख्राहरु समेत मार्ने गरेको स्थानीय युवा दर्पन रोकाले जानकारी दिए । उनका अनुसार वुधबार राती झाक्रीपानी लुचाका रण बहादुर रोकाको ७ वटा बाख्रा मारेको छ । भीरबाट लडेर मृत्यु मारेपछि ब्यवसायमा धक्का लागेको बताएका छन् । ‘मेरो बाख्रापालनलाई चितुवाले सखाप पार्यो,‘चितुवाको आतंक रोक्ने प्रयास नभए मान्छेलाई पनि जोखिम छ’ रोकाले भने ।

चितुवाले गाउँमा आतंक फैलाउदा गाउँका बासिन्दा दिनको समयमा समेत बालबच्चा एकै छोडेर मेलापात जान पनी नहुने अवस्था आएको गाउँले बताएका छन् ।  केही समय अघि लुचाका सन्तोष थापाको ३ वटा बाख्रा मारेको घटना  केही दिनमा नै रोकाको बाख्रा मारेको हो । बरंजाका बासीन्दाले खरायो,सरा,बादर,भालु जस्ता जङ्गली जनावर बाट सधै हैरानी खेपिरहेका उनीहरुको भनाई छ । जिल्लाका ग्रामिण क्षेत्रमा पछिल्लो समेत चितुवाले आतंक मच्चाउने गरेको छ । ग्रामिण सडकमा दिउँसो नै चितुवा देखिन थालेपछि गाउँले त्रसित भएका छन् । बनजंगलका साथै गोठमा राखिएका पशुचौपाया मार्न थालेपछि स्थानीयले जोगाउन आवश्यक प्रविधिको प्रयोग गर्न दिन समेत जनप्रतिनिधिलाई माग गरेका छन् ।