धवलागिरी गाउँपालिका–४ खिवाङको खाम्लामा एक यूवाको भीरबाट लडेर मृत्यु भएको छ । मुदीको कोरेन्टेन भीर नजिक २६ बर्षिय मन बहादुर खड्का सुनार मृत अवस्थामा भेटिएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बेनीअनलाइनलाई बताए । मंगलबार राती घरबाट निस्किएका सुनार मृत अवस्थमा भेटिएका थिए ।

गाउँपालिकाभित्र आयोजित भलिबल खेलमा समेत सहभागि हुने सुनार रातको समयमा घरबाट निस्किएको परिवारले पुष्टि गरेका छन् । खड्काको भिरबाट लडेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । घरबाट निस्किएपछि सम्पर्कविहिन भएका सुनारको खोजतलासका क्रममा गाउँ नजिकैको भीरबाट लडेर टाउको र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेका थिए । मृतकको पोष्टमार्टका लागि सदरमुकाम बेनी तर्फ ल्याइएको छ ।