पर्यटन क्षेत्रलाई ब्युँताउन मालढुंगा देखी रुइसे–भेडीओढारसम्म बृहत साइकल यात्रा (फोटो फिचर)

0

म्याग्दीको पर्यटकीयस्थलको प्रचारप्रसार गर्न शुक्रबार साइकल यात्रा गरिएको छ । राखु समाज काठमाण्डौको आयोजना तथा जिल्लाका सरोकारवाला निकायको सहकार्यमा पर्वतको मालढुंगाबाट राष्ट्रिय साइकल यात्री टासी दोर्जेको नेतृत्वमा आएको टोलीले म्याग्दीको सदरमुकाम बेनी, प्रसिद्ध धार्मिकस्थल गलेश्वर हुदै भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोलाको सीमा क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिकाको पर्यटकीयस्थल रुइसे–भेडीओढारसम्म साइकल यात्रा गरिएको हो ।

म्याग्दी जिल्लाको पर्यटन क्षेत्रलाई ब्यूँताउने उद्देश्यले बृहत साइकल यात्रा मार्फत म्याग्दी भ्रमण वर्ष–२०७५ को प्रचारप्रसार सुरू गरिएको राखु समाजका प्रबक्ता प्रविन कुमार मल्लले जानकारी दिनुभयो । राष्ट्रियस्तरमा ख्यातीप्राप्त साईकल यात्रीले कच्ची सडकमा समेत जोखिम मोलेर पशुचौपायाको चरनक्षेत्र, अनकन्टार रुईसेसम्म साईकलमै पुगेका थिए।

समुन्द्री सतहदेखि दुई हजार २२० मिटर उचाइमा अवस्थित रुईसेलाई साइकल यात्राका लागी समेत उपयुक्त पर्यटकीय गन्तब्य रहेको आन्तरिक तथा बाह्य पर्यटकलाई सन्देश पु¥याउन अभियानको सुरुवात गरिएको थियो । करिव ३६ किलोमिटर साइकल यात्रा गरी रुईसे पुगेका थिए । साइकल यात्रीको टोलीमा अजय पन्डित, आइमान तामाङ, बुद्धि बहादुर तामाङ लगाएत १० जनालाई बेनीमा सम्मान गरिएको छ ।

साईकल यात्राको राखु समाजका अध्यक्ष प्रेम मल्ल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा म्याग्दीका पर्यटकीयस्थल साईकल यात्राका लागि सम्भावनायूक्त क्षेत्र भएको सन्देश पुगेको म्याग्दी भ्रमण बर्षका मुल संयोजक समेत रहेका अध्यक्ष कर्माचार्यको बताए । बेनी कालिपुलमा रहेको पर्यटक सूचना केन्द्रमा स्वागत तथा सम्मान कार्यक्रममा पैदलयात्री आवतजावत गर्न सक्ने पदमार्गमै साइकलमा यात्रा गर्न सकिने साईकल यात्री टासी दोर्जेको भनाई छ ।

विश्वकै सातौ अग्लो धौलागिरी हिमाल सहित करिव आधा दर्जन हिमाली श्रृंखला, प्राकृतिक तातोपानी कुण्ड, अग्ला पहाडमा अवस्थित पर्यटकीयस्थल, विश्वमै चर्चित पदमार्ग सहित थुपै्र गन्तब्य भएकाले पनि हरेक सम्भावनालाई प्रयोग गर्नुपर्ने रघुगंगा गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी बताए । उनले नियमित साइकल यात्री आउने वातावरण बनाउन गाउँपालिकाले पर्यटकीयस्थलमा साइकल मार्ग बनाउन समेत तयार रहेको बताए । भौगोलिक रुपमा विकट भए पनि साइकल यात्राको लागि म्याग्दी जिल्लामा आँखैमा ठोकिने हिमाल, लोभलाग्दो दृष्यले समेत ध्यान तान्ने गरेको छ ।

सडकले छोटिएको बसाईलाई दुई देखी एक महिनासम्म पु¥याउन समेत मार्ग बनाउनुपर्नेमा पर्यटन ब्यवसायीको समेत जोड रहेको छ । म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले सडक सञ्जालले बेनीबजारको होटल ब्यवसायलाई धक्का लागेको अवस्थामा पैदल कै रुपमा साइकल यात्रालाई लिनुपर्ने बताए । उनले जिल्लामा निकट भविस्यमा साइकल प्रतियोगिता समेत सञ्चालन गरिने बताए । छिमेकी मुस्ताङ जिल्लाको प्रवेशद्धार समेत रहेको म्याग्दीमा भित्रिने पर्यटकलाईविभिन्न पर्यटकीयस्थलमा पु¥याउने लक्ष्य सहित सुरू भएको भ्रमण बर्षलाई सघाउने प्रतिबद्धता समेत साइकलयात्रीले गरेका छन् ।