क्याम्पसको पोशाकमा…

चरम गरिबीका कारण उच्च शिक्षाबाट बन्चित भएका मंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटा स्नातक तहको ब्यवस्थापन संकायमा भर्ना भएपछि शुक्रबार म्याग्दी बहुमुखी क्याम्पसमा स्वागत गरिएको छ । प्लस टू उत्र्तिणा गरेपनि आर्थिक अभावकै कारण स्नातक तहसम्मको शिक्षालाई अगाडी बढाउन नसकेका सापकोटालाई लायन्स क्लव अफ बेनी पिस सिटीले ६६ हजार सहयोग गरेको थियो । सापकोटाका बारेमा बेनीअनलाइनले समाचार प्रकाशित गरेको थियो ।