राष्ट्रियस्तरको निवन्ध प्रतियोगितामा माउण्टकी सुबेदी प्रथम

0
326

माउण्ट एभरेष्ट आवासीय माविम कक्षा ९ मा अध्ययरत एक विद्यार्थी राष्ट्रियस्तरको निवन्ध प्रतियोगितामा प्रथम भएकी हुन् । आवासीय माविकी विद्यार्थी राष्ट्रियस्तरको खुल्ला निबन्ध प्रतियोगितामा प्रथम भएकी छन् । करियर काउन्सेलिङ सेन्टर पोखराको आयोजनामा शुक्रबार सम्पन्न भएको राष्ट्रियस्तरको ‘मेरो कल्पनामा नयाँ नेपाल’ शीर्षकमा भएको निवन्द प्रतियोगितामा माउण्ट एभरेष्टमा कक्षा ९ मा अध्ययरत आयुष्मा सुबेदी प्रथम भएकी छन् ।

प्रतियोगितामा काठमाण्डौ बाफलको ज्ञानोदय माविकी विजिता शर्मा र पोखराको अमरसिंह सुजल पौडल क्रमश द्धितिय र तृतिय भएका छन् । प्रथम,द्धितिय र तृतियले क्रमश २०, १५ र १० हजार नगद प्राप्त गरेको सेन्टरमा प्रवन्ध निर्देशक कृष्ण श्रेष्ठको भनाई उद्धित गदैं माउण्टका प्रधानध्यापक त्रिदिप उपाध्यायले बताए । ‘हरेक महिना विद्यार्थीको क्षमता विकास हुने कार्यक्रम गर्ने गरेका छौ,‘पाठ्यपुस्तकमै सिमित राख्दैनौ’ उपाध्यायले बेनीअनलाइनलाई भने । उनले आधारभुत तह देखी कक्षा १२ सम्म विद्यार्थीमा रहेको क्षमतालाई उजागर गर्ने गरी कक्षागत, एकल तथा समुहगत प्रतियोगिता समेत सञ्चालन गर्ने बताए ।