स्वर्गीय पिताको सम्झनामा सहयोग

0

चरम गरिबीका कारण विचल्लीमा परेका बेनी नगरपालिका–६ भरालेका एक परिवारलाई आर्थिक सहयोग गरिएको छ । परिवारको लालनपालनमा मुस्किल भएपछि तीनबर्ष अगाडी आत्महत्या गरेका तुल बहादुर बानियाँका परिवारलाई स्वर्गीय भुमिदत्त रेग्मीका परिवारले ११ हजार १११ सहयोग गरेका हुन् ।

छिमेकी जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिरका मुख्य पुजारी समेत रहेका रेग्मीको १४ औं बर्षको साप्ताहिक पृत्ती श्राद्धको अन्तिम दिनको अवसरमा छोराहरु राजु, भिमनाथ र तारानाथले मृतकका श्रीमति सितालाई घरमै एक कार्यक्रम गरी सहयोग हस्तान्तरण गरेको अर्जुन पौडेलले बताए। सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक अभावले समस्या झेल्दै आएकोमा सहयोग प्राप्त भएपछि सहज भएको बानियाँले बताईन् ।

जमिनको नाममा एक टुक्रा नभएको अवस्थामा सार्वजनिक जग्गामा स्थानीयले बनाइदिएको छाप्रोमा बस्दै आएकी बानियाँको घर चर्किएपछि भत्किने अवस्थामा पुगेको छ । बर्षाको समयमा घरको भुईबाट पानी भित्र प्रवेश गर्ने गरेको छ भने घर चुहिन्दा चिसो विस्तारै रात विताउने गरेको अवस्थामा घर मर्मतमा समेत सहज हुने जनाएको छ ।