नेपाल प्रहरीकी तारा देवी पुन  दोश्रो नेपाल स्ट्रङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गेष्ट खेलाडी हुन सफल भएका छन् । ताराले ७५ केजी तौल माथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन् । उनी अघिल्लो संस्करणमा पनि यस उपाधीबाट सम्मानित भएकी थिईन् । उनीले नगद ११ हजारका साथै ट्रफी, प्रमाण पत्र प्राप्त गरे ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानमा जन्मिएकी पुनले भारात्तोलनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा प्राप्त गरेको सफलतालाई म्याग्दीबासीले जिल्लाकै प्रतिष्ठाको रुपमा लिने गरेका छन् । सन् २०५९ सालबाट भारोत्तोलनमा प्रवेश गरी राष्ट्रियस्तरमा समेत दर्जनौ खेलमा उत्कृष्ट भएकी पुनले आफ्नो उपाधीलाई जिल्लाको प्रतिष्ठा संग जोड्ने गरेको बताईन् । ‘खेलकुदको क्षेत्रबाट जन्मभूमिलाई पनि केही गर्ने योजना छ । उपाधी जित्दा जिल्लालाई सम्झन्छु’उनले भनिन् । नेपाल पुलिस क्लवमा छिन् । म्याग्दीमा पुनलाई साहसिक चेलीको नामले समेत चिनिन्छ । चाडपर्व र विभिन्न कार्यक्रममा आउने गरेकी पुनलाई जन्मभूमिमा समेत भब्य स्वागत तथा सम्मान गर्ने गरिन्छ ।