रत्नेचौरकी मुटुरोगी नेपालीको उपचारमा आर्थिक संकट

आर्थिक अभावका कारण एक बालिकाको मुटुको उपचार हुन सकेको छैन् । बेनी नगरपालिका–१ रन्नेचौरकी १७ बर्षिया विष्णु नेपालीको उपचार हुन सकेको छैन् । गाउँकै भानु माविमा कक्षा ८ मा अध्ययरत नेपालीको मुटुमा समस्या देखिएपछि उपचामार आवश्यक पर्ने आर्थिक अभावले समस्या भएको उनका आफन्तले बताएका छन् ।

मुटुमा प्वाल परेपछि परिवारले सहयोगको अपिल गरेका छन् । गाउँकै विपन्न बर्गमा पर्ने नेपालीलाई सहयोग गर्न मलेसियामा रहेका आशिया परियाले अनुरोध गरेका छन् ।‘जटिल समस्या भएकाले चिकित्सकको सुझावलाई बेवास्ता नगर्नुहोला,‘बिश्वभर रहेका म्याग्देलीलाई सहयोगको अपिल गर्दछु’ परियारले बेनीअनलाइनलाई भने । उनले सानो सहयोगले बालिकाको उपचार सम्भव भएकाले आफ्ना खर्च कटाएर सहयोग गर्न अनुरोध गरेका छन् । उपचारका लागि करिव ३ लाख खर्च र नियमित औषधी र चेकजाँच गर्नका लागि थप आर्थिक लाग्ने चिकित्सकले बताएका छन् ।