पिस सिटीले बालिकालाई श्रवणयन्त्रमा खरिद गर्न सहयोग

सामाजिक संस्था लायन्स क्लव अफ बेनी पिस सिटीले गरिबीका कारण कानको उपचारबाट बन्चित भएकी एक बालिकालाई सहयोग गरेको छ । बेनी नगरपालिका ६ जामुनाखर्ककी १४ बर्षिया दिपा किसानलाई श्रवणयन्त्र खरिदमा १३ हजार वडा अध्यक्ष कृष्ण बहादुर बानियाँको उपस्थितीमा क्लवका अध्यक्ष लोकेश पुन मगर, प्रथम उपाध्यक्ष खम थापा लगाएतको उपस्थितीमा हस्तान्तरण गरिएको हो । कानको समस्याले पठनपाठन सहित दैनिकी गतिविधिमा असर गरेपछि क्लवको सहयोगले सहज हुने वडा अध्यक्ष बानियाँले बताए ।

उनले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकालाई क्लवले गरेको सहयोगबाट उत्साहित भएको बताए । यसअगाडी क्लवले चरम उच्च शिक्षाबाट बन्चित भएका मंगला गाउँपालिका–४ दुर्दी बरंजाका सोमप्रसाद सापकोटाको स्नातक तह पढ्ने चाहना पुरा भएको थियो । त्यस्तै मालिका गाउँपालिका ५ देविस्थानका मनोज विकलाई समेत आर्थिक सहयोग तथा विभिन्न परोपकारी तथा सामाजिक अभियानमा समेत सहयोग गरेको छ ।