सातवटै प्रदेशमा म्याग्दी भ्रमणको निम्तो दिन्छौ

म्याग्दी भ्रमण बर्ष सुरु भएको पनि ६ महिना वित्यो, के के गर्नुभयो त ? 

म्याग्दी भ्रमण बर्षको सुभारम्भ संगै जिल्लाको प्रचारप्रसार तथा पूर्वाधार विस्तारका अभियानले तिब्रता पाएका छन् । अपार पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी जिल्लामा पर्यटक भित्राउन सुरु गरिएको भ्रमण बर्षको अवसरमा विश्वभर रहेका म्याग्देलीबाट आफ्नै तरिकाले प्रचारप्रसार सुरु गरेका छन् । प्रवासी म्याग्देलीले त्यहाँ रहेका नेपालीलाई म्याग्दी भ्रमणको निम्तो दिदैं प्रचारप्रसार तथा पूर्वाधारको अभावका कारण सहज भएको छ । साथै म्याग्दी जिल्ला भित्र रहेका प्रमुख तथा नयाँ पर्यटकीयस्थल समेटेर ब्रोसर बनाइएको छ । ठाउँठाँउमा प्रचारप्रसार गरिएको छ । बर्षातको समयमा अपेक्षा गरे अनुसार काम नभएपछि अव तिब्रता पाउँछ ।

प्रचारप्रसार मात्रै छ कि पूर्वाधार विस्तारमा पनि ध्यान दिनुभएको छ त ?
निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । भ्रमणबर्षलाई हामीले पूर्वाधार विस्तारमा समेत जोडेका छौ । पुर्वाधारको विस्तार विना पर्यटकलाई आर्कषित गर्न सकिदैन् । त्यसैले हामीले यसबर्ष केही आवश्यक पूर्वाधार विस्तारलाई पनि अगाडी बढाएका छौ। सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्गका शिलन्यास गरिएको छ । बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरी बेनपाले ५० प्रतिशत, मोना आईइसीले ४० र म्याग्दी उवा संघले १० प्रतिशत रकम बेहोर्ने गरी ५७ लाख ८ हजार ९०६ रुपैयाँ लागतमा सम्पन्न गरिन्छ । यसका साथै अन्य पर्यटकीयस्थलमा समेत पूर्वाधार विस्तारमा स्थानीय तहसंग सहकार्य तथा लगानीकर्तालाई आर्कषित गरिएको छ ।

देशभर कसरी प्रचारप्रसार गर्ने तयारी गर्नुभएको छ त ?
म्याग्दी जिल्लाका पर्यटकीयस्थललाई देशका सातै प्रदेशमा पुगेर प्रचारप्रसार गर्ने तयारीमा छौ । यसका लागी देशभरका उद्योग वाणिज्य संघसंग सहकार्यका लागि पत्र पठाइएको छ। सातैवटै प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरेका छौ । एकपटक म्याग्दी जिल्लाका पर्यटकीयस्थलमा आएका पर्यटकले अर्कोपटक आफै प्रचार गर्नुहुनेछ ।

विश्वकै सातौ अग्लो धौलागिरी हिमाल सहित करिव आधा दर्जन हिमाली श्रृंखला, प्राकृतिक तातोपानी कुण्ड, अग्ला पहाडमा अवस्थित पर्यटकीयस्थल, विश्वमै चर्चित पदमार्ग सहित थुपै्र गन्तब्य भएको जिल्लाको पर्यटनलाई ब्यूँताउन नीजी क्षेत्रको प्रयासमा सुरू भएको भ्रमण बर्षलाई सरकारी निकायबाट सहयोगको अपेक्षा गर्दछु ।  म्याग्दीमा सुरु भएको भ्रमण बर्षलाई नेपाल सरकारले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमणको तयारीको रुपमा समेत लिनुपर्छ । भ्रमण बर्षको अवसरमा आन्तरिक तथा बाह्य गरी करिव ५० हजारभन्दा माथि पर्यटक भित्राउने गरी कालिपुलमा रहेको सुचना केन्द्रमा तथ्याङ्क राखिएको छ ।