जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई सहयोग

0

आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक ब्यक्तिले जन्मदिन बालगृहका बालबालिकासंग मनाएका छन् । बेनी नगरपालिका–६ छापाका नारायण जिसीले जन्मदिनको अवसरमा बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न र नगद गरी १२ हजार, मंगलाघाटमा बस्ने बेनपा–२ ज्यामरुककोटका अपाङ्ग कृष्ण घिमिरेलाई १० हजार र बेनपा–६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँको सक्रियतामा स्थापनाभ एको सहज शिक्षा कोषलाई १० हजार सहयो गरेका छन्।

‘जन्मदिनका कुनै नयाँ योजना छैन्,‘मलाई जन्मदिनमा अनावश्यक खर्च गर्न मन लाग्दैन’ जिसीले बेनीअनलाइनलाई भने । म्याग्दीका सफल निर्माण ब्यवसायी एवम् म्याग्दी निर्माण संघका अध्यक्ष समेत रहेका जिसीले विगतमा समेत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका शैक्षिक साम्रागी वितरण गरेर जन्मदिन मनाउने गरेका थिए । जिसीले स्वर्गीय बहिनी गंगाको स्मृतिमा समेत जामुनाखर्क माविमा १ लाखको अक्षय कोष, बेनी अस्पतालमा ४ कोठे भवनका साथै बगुवाखोला, भिरमुनीमा रहेका सामुदायिक विद्यालयमा समेत सहयोग गरेका छन् ।